
कोलकाता, 28 जून (हि.स.)। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्यमा आवश्यक सेवाहरूलाई राहत दिँदै कन्टेनर तथा ब्यारलमा डिजल आपूर्तिमाथि लगाइएको रोकलाई केही हल्का बनाउने घोषणा गरेका छन्। आइतवार बिहान सोशल मीडिया सन्देशको माध्यमबाट राज्य सरकारद्वारा जारी नोटिफिकेशनलाई शेयर गरियो। जसपश्चात मुख्यमन्त्रीले भने, सर्वसाधारण मानिसहरूको दैनिक जीवन, आपातकालीन सेवा औ राज्यको अर्थव्यवस्थालाई कुनै प्रकारको बाधा बिनै सुचारू रूपमा सञ्चालन सुनिश्चित गर्नु सरकारको सर्वोच्च प्राथमिकता हो।
मुख्यमन्त्रीले भने, हालैमा कन्टेनरहरूमा डिजल आपूर्ति गर्नेमाथि लगाइएको प्रतिबन्धको कारणले किसान, अस्पताल तथा अन्य आवश्यक सेवाहरूसित जोड़िएका संस्थानहरूलाई गम्भीर समस्याहरूको सामना गर्न परिरहेको थियो। जनहितलाई ध्यानमा राख्दै राज्य सरकारले तत्काल हस्तक्षेप गऱ्यो।
सरकारले प्रमुख तेल कम्पनीहरूलाई निर्देश दिएको छ कि स्वास्थ्य सेवा, कृषि, खाद्य आपूर्ति, जनसेवा तथा चिया बगानहरू जस्ता महत्वपूर्ण क्षेत्रहरूलाई डिजल आपूर्ति सम्बन्धि प्रतिबन्धदेखि पूर्ण रूपमा मुक्त राखिनेछ।
यस निर्णय पश्चात यी क्षेत्रहरूसित सम्बन्धित व्यक्ति, संस्थान तथा उपभोक्ताहरूले अब कन्टेनर वा ब्यारलमा सहजै डिजल खरिद गर्न सक्नेछन्। साथै प्रतिदिन डिजल आपूर्ति निर्धारित अधिकतम सीमामा पनि केही छुट दिइएको छ।
मुख्यमन्त्रीले भने, डिजल प्राप्त गर्नको लागि पेट्रोल पम्पहरूमा सामान्य पहिचान पत्र देखाउनु पर्याप्त हुनेछ। उनले विश्वास व्यक्त गरे, यस फसेलाबाट किसान, अस्पताल तथा अन्य आवश्यक सेवाहरूलाई निर्बाध रूपमा डिजल उपलब्ध हुनेछ। आम जनतालाई कुनै प्रकारको समस्या हुनेछैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा