पार्क सर्कस स्टेशन क्षेत्रको रेलवे भूमिमा निर्मित अवैध पसलहरूलाई ध्वस्त बनाइयो
पार्क सर्कस स्टेशन क्षेत्रको रेलवे भूमिमा निर्मित अवैध पसलहरूलाई ध्वस्त बनाइयो


कोलकाता, 28 जून (हि.स.)। कोलकाताको पार्क सर्कस रेलवे स्टेशन क्षेत्रमा भारतीय रेलवेद्वारा गए शनिवार अबेर राती व्यापक रूपमा अतिक्रमम हटाऔं अभियान सञ्चालन गरियो। यस कारबाहीमा स्टेशन परिसर अनि वरपरको रेलवे भूमिमा वर्षौंदेखिको रहेका अवैध पसलहरूलाई ध्वस्त बनाइयो। अभियान अवधि भारी मात्रा पुलिस बल, रेल सुरक्षा बल औ तत्काल कारबाही बललाई तैनाथ गरिएको थियो ताकि कुनै पनि प्रकारको अव्यवस्था वा विरोधलाई रोक्न सकियोस्।

जानकारी अनुसार पूर्वी रेलवेको सियालदह दक्षिण खण्ड अन्तर्गत पर्ने यस क्षेत्रका पसले अनि स्थानीय बिक्रेताहरूलाई पहिलाबाटै नोटिस जारी गरी पसलहरूलाई हटाउने निर्देश दिइएको थियो। तर निर्धारित समय- सीमा बितिसक्दा पनि पसलहरूलाई खाली गरिएन जसपश्चात प्रशासनले कड़ा कारबाही गर्ने निर्णय लियो।

गए शनिवार अबेर रात रेलवे पुलिस औ सुरक्षा बलहरूले सम्पूर्ण स्टेशन परिसरलाई घेरेर लाउडस्पीकरको माध्यमबाट पसलेहरूलाई आफ्नो सामान हटाउने अन्तिम चेताउनी दिए। यसको निम्ति केही समय पनि दिइयो। तथापि अधिकांश पसलेहरूले निर्देशलाई पालन नगरेका कारण बुलडोजरले एकपछि अर्को गर्दै अवैध पसलहरूलाई भत्काइयो।

स्थानीय सूत्र अनुसार पार्क सर्कस स्टेशन क्षेत्र पछिल्लो लामो समयदेखिकै भीड़ तथा अवैध अतिक्रमणको कारणले चर्चामा रहिआएको छ। आरोप छ, यहाँ वर्षौंदेेकिको ठूलो सङ्ख्यामा अवैध पसल अनि ठेलाहरू राखिएको थियो जसले गर्दा यात्रीहरूलाई आवागमन गर्न समस्या भइरहेको थियो। साथै सुरक्षा सम्बन्धि समस्या पनि उत्पन्न हुँदै आएको थियो।

अधिकारीहरूको भनाइ छ, अभियानको उद्देश्य रेलवे भूमिलाी अतिक्रमणदेखि मुक्त गराएर यात्रीहरूको सुरक्षा सुनिश्चित गर्नु हो। यो कारबाही लगभग अढ़ाई घण्टासम्म भयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande