भाजपा सिक्किमको सिङ्ताममा राज्य कार्यकारिणी बैठक सम्पन्न
भाजपाको सिङताममा बैठक


सिङ्ताम, 28 जून (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) सिक्किमले आज सिङ्तामस्थित राज्य कार्यालयमा आफ्नो मासिक राज्य कार्यकारिणी बैठक सम्पन्न गरेको छ। प्रदेश अध्यक्ष डीआर थापाले अध्यक्षता गरेको बैठकमा वरिष्ठ नेता एनके सुब्बा, भरत दुलाल, प्रदेश महासचिव अर्जुन राई, दिनेश चन्द्र नेपाल, प्रदेश पदाधिकारीहरू, मोर्चा अध्यक्षहरू, प्रकोष्ठ संयोजकहरू, जिल्ला अध्यक्षहरू तथा महासचिवहरूको उपस्थिति रहेको थियो।

बैठकमा पार्टीको संगठनात्मक कार्यसम्पादनको समीक्षा, जारी संगठन विस्तार अभियानको प्रगतिको मूल्याङ्कन तथा राज्यभर सञ्चालन गरिने आगामी पार्टी कार्यक्रम र गतिविधिबारे विस्तृत छलफल गरिएको थियो। प्रतिवेदन प्रस्तुत गर्ने क्रममा मोर्चा अध्यक्षहरू, जिल्ला अध्यक्षहरू, प्रकोष्ठ संयोजकहरू तथा कार्यक्रम संयोजकहरूले आ-आफ्नो संगठनात्मक कार्य र भावी कार्ययोजनाबारे विस्तृत जानकारी गराएका थिए।

बैठकलाई सम्बोधन गर्दै प्रदेश अध्यक्ष डीआर थापाले पार्टी पदाधिकारीहरूको समर्पण र सक्रियताको प्रशंसा गर्दै संगठनका सबै तहबीच सुदृढ़ समन्वय कायम राख्न आग्रह गरे। उनले सबै नेता तथा कार्यकर्तालाई जनस्तरसम्म पुगेर संगठनलाई अझ सशक्त बनाउन तथा सिक्किमभर पार्टीको विस्तारका लागि सामूहिक रूपमा कार्य गर्न आह्वान गरे।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande