
पटना, 29 जून (हि.स.)। पटनाको दिदारगञ्ज थाना अधिनस्थ करमली चक, महुली रोडमा अवस्थित एक खाद्य तेल गोदाममा आगो लाग्यो। हेर्दा-हेर्दै आगोले विकराल रूप धारण गऱ्यो जसलाई नियन्त्रण गर्नका लागि घटनास्थलमा एक दर्जनभन्दा अधिक अग्निशन वाहनहरूको साथमा अग्निशमन कर्मचारीहरू पनि जुटे। आगो गए आइतवार राती लागेको हो भने सोमवार बिहानसम्म यसलाई नियन्त्रण गर्न सकिएको थिएन। अहिलेसम्म यसको कारण पत्तो लाग्न सकेको छैन।
भनिन्छ, गोदाममा खाद्य वनस्पति घिउ राखिएको थियो।
आगलागीको कारणले 50 लाख रुपियाँभन्दा अधिकको सम्पत्ति क्षतिग्रस्त भएको आशङ्का व्यक्त गरिेको छ। तथापि यस घटनामा कुनै पनि प्रकारको जनहानि भएको सूचना प्राप्त भएको छैन।
दमकल अधिकारीले बताए, रिफाइन र डालडाको गोदाम भएको कारणले आगोलाई नियन्त्रण गर्न समय लागिरहेको छ। फोम तकनिकलाई उपयोग गरी आगोलाई नियन्त्रण गर्ने प्रयास गरिँदैछ। केही हदसम्म नियन्त्रण भइसकेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा