नोएडामा छात्रको संदिग्ध परिस्थितिमा मृत्यु
नोएडामा छात्रको संदिग्ध परिस्थितिमा मृत्यु


नोएडा, 29 जून (हि.स.)। उत्तर प्रदेशको गौतमबुद्ध नगर जिल्ला अधिनस्थ नोएडाको थाना सेक्टर 39-को सेक्टर 108 -मा बस्ने एकजना छात्रको संदिग्ध परिस्थितिमा मृत्यु भएको छ। पुलिसानुसार उसको मृत्यु हृदयाघातको कारणले भएको हो। थाना सेक्टर 39- का प्रभारी निरीक्षक डीपी शुक्लले बताए, मूल रूपमा केरल प्रान्तका निवासी मयूर (23) यहाँको एक नामी यूनिभर्सिटीमा इञ्जीनियरिङ्गको पढ़ाई गिररहेका थिए। तिनी सेक्टर 108-मा आफ्ना साथीहरूसित बस्दै आएका थिए। बितेको राती तिनलाई साथीहरूले गम्भीर अवस्थामा एक निजी अस्पतालमा भर्ती गराए जहाँ डाक्टरहरूले तिनलाई मृत घोषित गरिदिए। उनले बताए, पुलिसले शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ। पोस्टमर्टम रिपोर्ट आएपछि नै मृत्युको वास्तविक कारण थाहा लाग्नेछ। थाना प्रभारीले बताए, मृतकका परिवारजनलाई घटनाको सूचना दिइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande