सीएपी अध्यक्षले दिन असार 15 को शुभकामना
Ganesh Rai


गान्तोक, 29 जून (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमका अध्यक्ष गणेश कुमार राईले असार 15 को अवसरमा सिक्किमका सम्पूर्ण किसान दाजुभाई तथा दिदी-बहिनीहरूमा हार्दिक शुभकामना तथा सम्मान व्यक्त गरेका छन्।

सीएपी अध्यक्ष राईले आज जारी सन्देशमा भने, 'असार १५ हाम्रो संस्कृति, परिश्रम र प्रकृतिसँगको गहिरो सम्बन्धको सुन्दर पर्व हो। यो दिन अथक मेहनत गर्ने किसानहरूप्रति सम्मान व्यक्त गर्ने अवसर हो, जसका मेहनती हातहरूले जमिनलाई उर्वर बनाउँछन् र सम्पूर्ण समाजको जीवन धानिरहेका छन्। जैविक कृषि अपनाएको राज्यका रूपमा सिक्किमका लागि यो दिनले हाम्रो भूमिमा रहेको अपार सम्भावना र दिगो कृषिको संरक्षण तथा प्रवर्द्धन गर्ने साझा जिम्मेवारीको स्मरण गराउँछ।'

उनले यस विशेष अवसरमा सिक्किमका सम्पूर्ण किसान दाजुभाई तथा दिदी-बहिनीहरूमा हार्दिक शुभकामना तथा सम्मान व्यक्त गरेका छन्। उनले कृषकहरूको जैविक कृषिप्रतिको समर्पणले केवल हाम्रो पर्यावरणको संरक्षण मात्र गरेको छैन, तर सम्पूर्ण राष्ट्रका लागि प्रेरणादायी उदाहरण पनि प्रस्तुत गरेको बताएका छन्।

उनले कृषकहरूको निरन्तर परिश्रमले समृद्धिको नयाँ उचाइ हासिल गरोस् र हाम्रो राज्य दिगो तथा पर्यावरणमैत्री कृषिको अग्रणी केन्द्रका रूपमा अझ सशक्त बनोस् भन्ने शुभकामना व्यक्त गरेका छन्। उनले सबैले किसानहरूप्रतिको आफ्नो समर्थनलाई अझ मजबुत बनाउँदै सिक्किमलाई जैविक कृषिको अग्रणी राज्यका रूपमा अझ सुदृढ बनाउने संकल्प गरौं भनी आह्वान गरेका छन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande