नक्सलबाड़ीमा तृणमूल पञ्चायत प्रधानले दिए राजीनामा
नक्सलबाड़ीमा तृणमूल पञ्चायत प्रधानले दिए राजीनामा


सिलगढ़ी, 30 जून (हि.स.)। नयाँ सरकार सत्तामा आएपछि एकपछि अर्को गर्दै ग्राम पञ्चायतहरूमा राजीनामा दिने सिलसिला शुरू भएको छ। यसै क्रममा अब नक्सलबाड़ी ब्लकको मणिराम ग्राम पञ्चायतका प्रधान गौतम घोषले गए मङ्गलवार आफ्नो पदबाट राजीनामा दिएका छन्। बोर्डले एक वर्ष पूरा गर्न अगावै उनको यो राजीनामा चर्चाको विषय बनेको छ।

स्मरण गराइन्छ, वर्ष 2022- को पञ्चायत चुनाउमा मणिराम ग्राम पञ्चायत अधिनस्थ 18 वटा सीटमध्ये तृणमूल कङ्ग्रेसले 12 वटा सीट, भारतीय जनता पार्टी को (भाजपा)-ले 5 वटा तथा एउटा निर्दलीय उम्मेद्वारले जितेका थिए। बहुमतको आधारमा तृणमूल कङ्ग्रेसले बोर्ड गठन गर्दै गौतम घोषलाई प्रधान बनाएको थियो, तर कार्यकालले एक वर्ष पूरा गर्नपूर्व नै उनले प्रधानको पदबाट राजीनामा दिएका छन्। तथापि राजीनामा दिएपछि गौतम घोषले बताए, उनले यो फसेला शारीरिक अस्वस्थता तथा पारिवारिक कारणले गर्दा दिएका हुन्। यस राजीनामा पश्चात स्थानीय राजनीतिमा नयाँ चर्चा शुरू भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

 rajesh pande