नेपाल : बालेन सरकारविरुद्ध विद्यार्थी संगठनहरूको प्रदर्शन
काठमांडू में बालेन सरकार के खिलाफ प्रदर्शन


काठमाडौं, १२ जुलाई (हि.स.)। नेपालको राजधानी काठमाडौंमा एक युवकले दिउँसै आत्महत्या गरेको घटनाले व्यापक चर्चा र विवाद निम्त्याएको छ। उक्त घटनाको विरोधमा विद्यार्थी संगठनहरूले आइतबार बिहानदेखि सरकारविरुद्ध प्रदर्शन शुरु गरेका छन्।

काठमाडौंको माइतीघर मण्डलामा विभिन्न विद्यार्थी संगठनहरूले संयुक्त रूपमा विरोध प्रदर्शन गरेका हुन्। यो प्रदर्शन मुगु जिल्लाका २५ वर्षीय गणेश नेपालीको मृत्युको विरोधमा गरिएको हो। उनले आफैंमाथि आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए र उपचारका क्रममा उनको निधन भएको थियो।

प्रदर्शनकारीहरूले माइतीघरबाट अगाडि बढेर मार्च गर्न खोज्दा केही समयका लागि पुलिस र प्रदर्शनकारीबीच धकेलाधकेल भएको थियो।

स्थिति नियन्त्रणमा राख्न पुलिसले प्रदर्शनकारीहरूलाई अगाडि बढ्न नदिने प्रयास गरेको थियो। केहीबेरको तनाउपछि भने अवस्था सामान्य बनेको थियो।

गणेश नेपालीले शुक्रबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग (पासपोर्ट विभाग) बाहिर आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए।

घटनापछि सार्वजनिक भएको एक भिडियोमा काठमाडौं महानगरपालिकाको नगर पुलिस र गणेश नेपालीबीच उनको मोटरसाइकलमा लगाइएको ‘ह्विल लक’ का विषयमा विवाद भएको देख्न सकिन्छ।

भिडियोमा महानगर पुलिसले गणेश नेपाली मोटरसाइकलमै बसिरहेका बेला त्यसमा ‘ह्विल लक’ लगाएको देखिन्छ।

त्यसपछि महानगरका कर्मचारीहरूले मोटरसाइकललाई गाडीमा चढाउन थालेपछि गणेश नेपालीले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए। गम्भीर रूपमा जलेका उनलाई तत्काल वीर अस्पतालमा भर्ना गरिएको थियो।

सरकारले उनको थप उपचारका लागि भारत पठाउने तयारी गरिरहेको थियो। तर अत्यधिक जलेका कारण उपचारकै क्रममा उनको मृत्यु भयो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande