
गुवाहाटी, 14 जुलाई (हि.स.)। असम सरकारले 3.5 लाख चिया बगानका श्रमिकहरूलाई जमीनको पट्टा दिने अनि चिया बगान समुदायका सदस्यहरूको लागि सरकारी फण्डबाट घर बनाइदिने फसेला लिएको छ। यसको घोषणा असम विधानसभाको बजट सत्रको सातौं दिन आज 14 जुलाईमा पञ्चायत अनि ग्रामीण विकास, आबकारी, असम सम्झौताको कार्यान्वयन तथा सीमा सुरक्षा एवं विकास मन्त्री अतुल बोराले गरे।
विधानसभालाई सम्बोधन गर्दै बोराले भने, यस फसेलाको उद्देश्य चिया बगान श्रमिकहरूलाई जमीनको कानूनी मालिकाना हक तथा राम्रो आवास सुविधा दिएर उनीहरूको सामाजिक-आर्थिकस्थितिलाई श्रेष्ठ बनाउनु हो।
उनले भने, सरकार चिया बगान श्रमिकहरूको जमीनको सुरक्षा सुनिश्चित गर्नको लागि प्रतिबद्ध छ जसमध्ये केही पिँढ़ीहरू चिया बगानहरूमा कुनै औपचारिक मालिकाना हक बिनै बसोबास गर्दै आइरहेका छन्। जमीनको पट्टा दिने बाहेक मन्त्रीले भने, सरकारले चिया बगान परिवारहरूको जीवनस्तरलाई श्रेष्ठ बनाउन अनि उनीहरूलाई अधिक सामाजिक सुरक्षा दिनको लागि घर पनि बनाउनेछ।
यो घोषणा राज्य सरकारका ती व्यापक प्रयासहरूको एक भाग हो जसको उद्देश्य असमका चिया बगान समुदायको कल्याणलाई मजबुत बनाउनु हो।यो समुदाय राज्यको कार्यबलको एउटा ठूलो भाग हो जसले राज्यको अर्थव्यवस्थामा अहम भूमिका निभाउँदै आइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा