सिलचरमा दश हजार संदिग्ध याबा ट्याबलेट जफत, दुई पक्राउ
सिलचरमा दश हजार संदिग्ध याबा ट्याबलेट जफत, दुई पक्राउ


कछार (असम), 14 जुलाई (हि.स.)। कछार पुलिसले मादक पदार्थ विरोधी अभियान अन्तर्गत सिलचर शहरबाट दश हजार याबा ट्याबलेट जफत गऱ्यो भने यस सम्बन्धमा दुई जना आरोपीहरूलाई पक्राउ गरेको छ।

पुलिसले मङ्गलवार बतायो, दुई जना मानिसहरू सिलचर शहरमा संदिग्ध मादक पदार्थ तस्करी गर्नका लागि घुमिरहेको गुप्त सूचना पुलिसलाई प्राप्त भएको थियो। सूचको आधारमा मङ्गलवार सवेरै लगभग 1:30 बजे कालीबाड़ी चरस्थित मालाकार पट्टी क्षेत्रमा अभियान चलाएर दुवैलाई हिरासतमा लियो। यी आरोपीहरूको पहिचान कछार जिल्लाको बेरेङ्गा पार्ट-द्वितीय निवासी तोमिज उद्दीन लस्कर (28) तथा नगाउँ जिल्लाको जुरिया थाना अन्तर्गत बटामारी निवासी असादुल इस्लाम (29)- को रूपमा भएको छ।

व्यक्तिगत जाँचमा दुवैको कब्जाबाट 10,000 संदिग्ध याबा ट्याबलेट भेटियो जसको कुल वजन 1,094 ग्राम रहेको छ जसलाई एनडीपीएस अधिनियमका निर्धारित प्रावधान अन्तर्गत स्वतन्त्र गवाहहरूको उपस्थितिमा जफत गरी लेबल गरियो।

यस सम्बन्धमा आवश्यक कानूनी कारबाही शुरू गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande