नाबालिकासित दुष्कर्म मामिलामा आरोपी पक्राउ
नाबालिकासित दुष्कर्म मामिलामा आरोपी पक्राउ


कोलकाता, 14 जुलाई (हि.स.)। बरुइपुर थानाको पुलिसले एकजना नाबालिकासित दुष्कर्म गर्ने प्रयास गरेको आरपमा एकजना युवकलाई पक्राउ गरेको छ। उल्लेखनीय छ, बरूइपुरमा एकपटक फेरि यस किसिमको घटना घटेको कारण क्षेत्रवासी भयभित भएका छन्। भनिन्छ, यसपालि घरबाट भागेकी एकजना नाबालिकालाई फकाई-फुस्लाई दुष्कर्म गर्ने प्रयास गरिएको घटना सार्वजनिक भएको छ। पुलिसले यस मामिलामा एकजना आरोपीलाई पक्राउ गर्नको साथै नाबालिकालाई सुरक्षित बचाएको छ।

स्थानीय सूत्र मुताविक समद अली नामक युवकले उक्त नाबालिकालाई बरूइपुर पुलिस थाना क्षेत्रमा अवस्थित आफ्नो भाड़ाको घरमा लिएर आएको थियो।

छिमेकीहरूले आरोप लगाए, समदले नाबालिकासित दुष्कर्म गर्ने प्रयास गऱ्यो। उनीहरूले समदलाई अपराध गर्दै गर्दा समातिएको दाबी पनि छिमेकीहरूको रहेको छ। त्यसपछि क्षेत्रमा कोकोहोलो मचियो। खबर बरुइपुर पुलिस स्टेशनसम्म पुग्यो। घटनास्थलमा पुगेको पुलिसले दुवैलाई आफूसित पुलिस स्टेशनमा लिएर आयो। जाँचबुझ गरिएपछि आरोपीलाई पक्राउ गरियो।

पुलिस सूत्र मुताविक उत्तर 24 परगना जिल्लान्तर्गत ब्यारकपुरकी निवासी उक्त नाबालिका घरमा झगड़ा भएको कारणले घरबाट भागेकी थिई। पहिला उ ट्रेन मार्फत सियालदह स्टेशनमा गई। त्यहाँ उसको भेट आरोपीसित भयो। मथुरापुर निवासी समदले नाबालिकालाई भोजनको प्रलोभन देखाएर आफूसित लिएर आयो। उनीहरू ट्रेन मार्फत बरुइपुरको आफ्नो ठाउँमा आए।आरोपी युवकलाई मङ्गलवार बरूइपुर अदालतमा पेश गरियो। पुलिसले नाबालिककालाई आफ्नो परिवारकहाँ सुम्पिदिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande