
जम्मू, 14 जुलाई (हि.स.)। भाजपा प्रवक्ता अभिजीत जस्रोटियाले मुख्यमन्त्री उमर अब्दुल्लामाथि लगातार झुटो बोलेको आरोप लगाए। उनले भने, उमर अब्दुल्लाले पहिला केन्द्रशासित प्रदेशमा आफूले चुनाउ नलड़्ने भनेका थिए, तर पछि चुनाउ लड़े। उनले रोजगार दिने वाचा गरेका थिए जसलाई पूरा गरेका छैनन्। जस्रोटियाले आरोप लगाए, पहिला बिजुलीको मीटरलाई हटाउने कुरा गरेका थिए, तर यसको विपरीत अहिले मानिसहरूलाई मीटर जड़ान गर्ने अपील गरिँदैछ।
भाजपा प्रवक्ताले भने, अब मुख्यमन्त्रीले भाजपामाथि विधायकहरू किनबेच गरेक आरोप लगाइरहेका छन्। उनले दाबी गरे, यो जनतालाई भ्रमित पार्ने प्रयास हो। यस्तो लाग्छ कि मुख्यमन्त्रीलाई झुटो बोल्ने रोग लागेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा