
नोएडा, 14 जुलाई (हि.स.)। सोमवार राति नोएडाका विभिन्न ठाउँमा दुई अपरिचित व्यक्तिको शव फेला परेको छ। शव पोस्टमार्टमका लागि पठाएर पुलिसले यस विषयमा अनुसन्धान गरिरहेको छ।
दादरी थाना प्रभारी नीरज कुमार मिश्रा अनुसार, गए राति दादरी शहरमा 32 वर्षीय अपरिचित व्यक्तिको शव पुलिसले फेला पारेको छ। उनको पहिचान खोलाउने प्रयास भएपनि कुनै जानकारी हुन सकेको छैन। अहिले शवलाई पोस्टमार्टमका लागि पठाएर सामाजिक सञ्जाल मार्फत मृतकको पहिचान गर्ने प्रयास भइरहेको छ।
थाना फेस-वनका थाना प्रभारी धर्मेन्द्र कुमार शुक्लाले बताए, थाना क्षेत्रको सेक्टर 16 मेट्रो स्टेशनको 37-नम्बर पिलर नजिकै 35 वर्षीय अपरिचित व्यक्तिको शव फेला पऱ्यो। मृत्युको कारण पत्ता लगाउन पुलिसले शवलाई कब्जामा लिएर पोस्टमार्टमका लागि पठाएको उनले बताए।
हिन्दुस्थान समाचार / भवानी थामी