
सिलगढ़ी, 14 जुलाई (हि.स.)। दार्जीलिङ जिल्लाको बागडोगरा स्थित हान्सखोआ चिया बगानको सेक्शन नम्बर नौमा मंगलवार बिहान एक जनाको टाउको काटिएको अवस्थामा शव फेला परेपछि सो क्षेत्रमा खैलाबैला मच्चिएको छ। सदाझैँ पात टिप्न आएका चिया मजदुरले बगैंचाको छेउमा शव देखेपछि तत्काल स्थानीयहरूलाई खबर गरे।
घटनाको खबर पाएलगत्तै घटनास्थलमा भीड जम्मा भयो। खबर पाएर बागडोगरा थाना र फांसीदेवाको घोषपुकुर चौकी घटनास्थलमा पुगेर अनुसन्धान शुरू गरेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा मृतकको पाइन्टको खल्तीबाट परिचयपत्र जफत भएको छ, जसअनुसार मृतक बिहारको किशनगञ्ज जिल्लाको पोठिया निवासी इमाम खुआ (32) रहेको बताइएको छ।
यद्यपी, पुलिसले यो पहिचानको पुष्टि गरिरहेको छ। सबैभन्दा डरलाग्दो कुरा के छ भने शवको टाउको हराइरहेको छ र अहिलेसम्म फेला परेको छैन। शव अन्यत्र हत्या गरी रातको अँध्यारोमा चिया बगानमा फालिएको हुनसक्ने पुलिसको अनुमान छ। अहिले पुलिस हत्याको कारण पत्ता लगाउन र हराएका टाउकोको खोजीमा व्यस्त छ। यस विषयमा अनुसन्धान जारी छ।
हिन्दुस्थान समाचार / भवानी थामी