मुख्यमन्त्रीले दिल्लीका सबै सांसदहरूसित गरे बैठक
मुख्यमन्त्रीले दिल्लीका सबै सांसदहरूसित गरे बैठक


नयाँ दिल्ली, 14 जुलाई (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले दिल्लीका सबै भारतीय जनता पार्टी (भाजपा)-का सांसदहरूसित आफ्नो आवास जनसेवा सदनमा गए सोमवार राती बैठक गरिन्।

यस बैठकमा दिल्ली भाजपा अध्यक्ष एवं केन्द्रिय मन्त्री हर्ष मल्होत्रा औ प्रदेश सङ्गठन महामन्त्री पवन राणा पनि उपस्थित रहेको भाजपा सांसद प्रवीण खण्डेलवाल औ कमलजीत सहरावतले आफ्नो सोशल मीडिया अकाउन्ट एक्समा साझा गरेका हुन्।

बैठकमा दिल्लीका विकास कार्यहरू, जनहितका मुद्दाहरू तथा केन्द्र-राज्यको समन्वयलाई लिएर चर्चा गरियो। यसलाई सङ्गठन तथा सरकारबीच श्रेष्ठ तालमेल राख्ने दिशामा महत्वपूर्ण मानिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande