
कोलकाता, 14 जुलाई (हि.स.)। राज्यका पञ्चायत एवं ग्रामोन्नयन मन्त्री दिलीप घोषले भनेका छन्, आगामी 21 जुलाई कुनै एउटा राजनीतिक दलको कार्यक्रम होइन। मङ्गलवार बिहान पत्रकारहरूसित बातचित गर्दै उनले भने, आगामी 21 जुलाई तृणमूलको कार्यक्रम होइन। यो बङ्गालको राजनीतिको एक अत्यन्त महत्वपूर्ण घटना हो। यो एउटा कालो दिन हो।
दिलीप घोषले भने, एक राजनीतिक आन्दोलनमा गोली चलाइएको थियो जुन लज्जाजनक छ। हामी सबै ती मानिसहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दछौं। ममता ब्यानर्जीले 20 जुलाईलाई हाइज्याक गरेकी थिइन्। अब उनको आफ्नो पार्टी नै टुक्रिसकेको छ। एउटा दलले मात्र श्रद्धाञ्जली किन दिन्छ? हामी सबैले श्रद्धाञ्जली दिनेछौं।
तृणमूल कङ्ग्रेस सांसद अभिषेक ब्यानर्जीको सेवाश्रयलाई लिएर पनि दिलीप घोषले पुनः टिप्पणी गरे। उनले भने, डायमण्ड हार्बरमा अनेकौं अनैतिक गतिविधिहरू भएका छन्। सबैभन्दा ठूलो अनियमित कार्य सेवाश्रयको नाममा गरिएको थियो। मानिसहरू ठगिएका छन्। यसले गर्दा धेरै जना मानिसहरूलाई समस्या झेल्न परिरहेको छ। पहिला मानिसहरू बोल्नदेखि डराउँथे, तर अब उनीहरूले अगाड़ि आएर नै सिकायत दर्ता गराइरहेका छन्। यस विषयको जाँच हुनुपर्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा