
हुगली, 14 जुलाई (हि.स.)। धार्मिक नेता कार्तिक महाराजले मङ्गलवार तारकेश्वरको भ्रमण गर्दै भने, राज्य सरकारले सनातन धर्म औ हिन्दू धरोहरहरूको संरक्षण एवं पुनर्स्थापन गर्ने दिशामा महत्वपूर्ण कार्य गरिरहेको छ। उनले यसको लागि सरकारको सराहना गर्दै धन्यवाद पनि दिए।
उनले बताए, तारकेश्वरलाई काशी विश्वनाथ कोरिडोरलाई जस्तै विकसित गर्ने योजना बनाइएको छ जसमा लगभग 15 करोड़ रुपियाँ खर्च गरिनेछ। उनले भने, यस परियोजनाको सफलताको लागि सरकारी प्रयास मात्र नभई स्थानीय मानिसहरूको सहयोगको पनि खाँचो छ।
कार्तिक महाराजले भने, सनातन परम्परालाई पुनरुद्धार गर्ने उद्देश्यले तारकेश्वर सहित मालदाका केही प्रमुख धार्मिक स्थलहरूलाई पनि चिन्हित गरिएको छ। यस वर्ष पहिलो पटक पश्चिम बङ्गाल सरकारले रथयात्राको आयोजनमा सहयोग गरिरहेको छ जुन स्वागतयोग्य कदम हो।
कार्तिक महाराज अनुसार राज्यका प्राचीन औ ऐतिहासिक मन्दिरहरूको संरक्षण एवं जीर्णोद्धारका लागि एउटा समिति गठन गरिएको छ। यस अतिरिक्त भारतीय संस्कृति औ परम्परा अनुरूप नरहेका सड़कहरूको नाम परिवर्तन गर्ने दिशामा पनि पहल गरिनेछ।
तारकेश्वरमा हालैमा आयोजित पुष्पवर्षाको उल्लेख गर्दै उनले भने, यो पहल मुख्यमन्त्रीको इच्छा अनुरू गरिएको थियो जसलाई उनले स्वागत गरे।
उनले भने, राज्यमा सनातन धर्मका धरोरहरूको संरक्षण, धार्मिक पर्यटनलाई प्रेरणा दिने तथा तारकेश्वरलाई एक प्रमुख तिर्थस्थलको रूपमा विकसित गर्नेमाथि विशेष बल दिइँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा