
चण्डीगढ़, 14 जुलाई (हि.स.)। राजधानी चण्डीगढ़मा मोटरइसाकल ऱ्याली निकालिएपछि पञ्जाबका विभिन्न किसान सङ्गठनहरूले मङ्गलवार राज्यका सबै जिल्लाहरूमा प्रदर्शन गर्दै टोल प्लाजालाई फ्री गरिदिए। किसानहरूले मङ्गलवार बिहान पटियाला, मोहाली, लुधियाना, जालन्धर समेत केही जिल्लाहरूको टोल प्लाजा छेउमा भेला भएर भारत-अमेरिका ट्रेड डील तथा पञ्जाब सरकारद्वारा लागू गरिएको ल्याण्ड पुलिङ्ग पोलिसीको विरोध गर्दै टोल प्लाजालाई फ्री गरिदिए।
अराजनीतिक संयुक्त किसान मोर्चा एसकेएमका राष्ट्रिय संयोजक औ भारतीय किसान यूनियन (एकता सिद्धुपुर)- का अध्यक्ष जगजीत सिंह डल्लेवालले घोषणा गरेका थिए, 14 जुलाईका दिन पञ्जाबका सबै टोल प्लाजालाई जनताको लागि टोल फ्री गरिनेछ। सोही अनुरूप आज प्रदेशभरिका टोल प्लाजाहरूमा प्रदर्शन गरियो।
पञ्जाबमा किसान सङ्गठनहरूले जुन टोललाई फ्री गरेका छन्, त्यसमा सबैभन्दा महँगो लुधियाना जिल्लाको लाडोवाल टोल प्लाजा पनि सामेल छन्। किसान सङ्गठनहरूले टोल प्लाजामा धरना दिएर केन्द्र अनि पञ्जाब सरकारको विरोधमा नाराबाजी गरे। किसानहरू अनुसार प्रस्तावित भारत-अमेरिका मुक्त व्यापार सम्झौता कृषि क्षेत्र औ स्थानीय किसानहरूको हितको विरोधमा हुनसक्छ। यस्तै मुद्दाहरूलाई लिएर आज पञ्जाबका विभिन्न टोल प्लाजाहरूमा किसानहरूले बैठक गरे साथै विरोध प्रदर्शन पनि।
डल्लेवालले सरकारलाई लक्षित गर्दै आरोप लगाए, पञ्जाबको उर्वर कृषि भूमिलाई हासिल गरेर ठूल्ठूला कर्पोरेट घरानाहरूलाई सुम्पिइने प्रयास गरिँदैछ। उनले भने, ल्याण्ड पुलिङग नीति यसै दिशामा उठाइएको कदम हो जसलाई किसानहरूले कुनै पनि मूल्यमा स्वीकार गर्ने छैनन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा