राजौरीमा आतङ्कवादीलाई देखिएपछि सुरक्षा बलहरूले शुरू गरे व्यापक खोजी अभियान
राजौरीमा आतङ्कवादीलाई देखिएपछि सुरक्षा बलहरूले शुरू गरे व्यापक खोजी अभियान


राजौरी, 14 जुलाई (हि.स.)। जम्मू-कश्मीरको राजौरी ज़िल्ला अधिनस्थ थानामण्डी क्षेत्रका केही गाउँहरूमा मङ्गलवार सुरक्षा बलहरूले व्यापक खोजी अभियान शुरू गरेका छन्। यो अभियान त्यसबेला शुरू गरियो जतिबेला सीसीटीभी फुटेजमा दुई जना संदिग्ध आतङ्कवादीहरूको गतिविधि देखियो।

अधिकारीहरू मुताविक संदिग्ध आतङ्कवादीहरूले गए अबेर राती सड़क पार गरिरहेको क्यामारामा देखिएको थियो। त्यसपछि स्थानीय पुलिसको स्पेशल अपरेशन्स ग्रुप (एसओजी), सेन्ट्रल रिजर्भ पुलिस फोर्स (सीआरपीएफ) तथा सेनाले क्षेत्रमा संयुक्त खोजी अभियान शुरू गरे। अधिकारीहरूले बताए, फुटेजको आधारमा सर्च टीमहरूले संदिग्धहरूको खोजीमा भङ्गई, हस्पलोट, करयोट, कोपरा टप तथा वरपरका वनबस्तीहरूमा खोजी अभियान सञ्चालन गरे। अन्तिम जानकारी प्राप्त हुञ्जेलसम्म पनि खोजी अभियान जारी थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande