
कोलकाता, 14 जुलाई (हि.स.)। लगभग एक सप्ताहअघि सुभाष सरोवरको निरीक्षण गर्न आएकी नगर विकास मन्त्री अग्निमित्रा पालले स्वच्छतालाई कायम राख्ने सम्बन्धमा धेरै वटा निर्देश दिएकी थिइन्। मङ्गलवार पुनः निरीक्षण अवधि पनि स्थितिमा सुधार नदेखिएको कारणले उनले रिसाउँदै आफ्नो असन्तुष्टि व्यक्त गरिन्।
अग्निमित्रा पालले बताइन्, सुभाष सरोवर तथा यस संलग्न बस्तीको निरीक्षण गर्ने क्रममा यहाँ पछिल्लो लामो समयदेखि भइरहेको अव्यवस्था स्पष्ट रूपमा झल्किएको छ। पार्कको आधारभूत संरचना, सुरक्षा तथा शौचालय व्यवस्थामा सुधार ल्याउनको लागि शीघ्र आवश्यक कदम उठाउने निर्देश दिइएको छ।
उनले भनिन्, स्वच्छतामाथि विशेष बल दिन आवश्यक छ। यदि कसैले परिसरलाई मैला बनाउँदैछ उने सम्बन्धित व्यक्तिविरूद्ध जरीमाना लगाउने व्यवस्था गरियोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा