वनहरूको कटाईलाई लिएर पूर्ववर्ती सरकारमाथि बर्सिए मुख्यमन्त्री शुभेन्दु अधिकारी, भने- सबै कुरा बर्बाद बनाइदियो
वनहरूको कटाईलाई लिएर पूर्ववर्ती सरकारमाथि बर्सिए मुख्यमन्त्री शुभेन्दु अधिकारी, भने- सबै कुरा बर्बाद बनाइदियो


-राज्य सरकारले यस वर्ष 10 करोड़ वृक्षरोपण गर्ने लक्ष्य तय गऱ्यो

कोलकाता, 14 जुलाई (हि.स.)। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्यमा वनहरूको कटाई तथा पर्यावरणीय क्षरणको लागि पूर्ववर्ती सरकारमाथि चर्को हमला गरे। कसैको नाम उच्चारण नगरी उनले बने, पछिल्लो शासनकालमा जङ्गलहरूलाई व्यापक रूपमा नोक्सान पुऱ्याइयो, सबै कुरा बर्बाद बनाइदियो, रूखहरूलाई समेत छोड़ेन। उनले राज्यमा व्यापक स्तरमा वृक्षारोपण गरेर पर्यावरण संरक्षण गर्ने आह्वान गरे।

मङ्गलवार बिहान साल्टलेकस्थित वनबितानमा ‘अरण्य सप्ताह- 2026’- को शुभारम्भ गर्दै मुख्यमन्त्रीले स्वयं वृक्षरोपण गरे। यस अवसरमा उनले भने, सरकारी कार्य वा चुनावी दौड़ाह अवधि हेलिकप्टरबाट हेर्दा जङ्गलहरूको वर्तमान स्थितिलाई देखेर उनलाई पीड़ा हुन्छ। झाड़ग्राम, बाँकुड़ा, पुरुलिया तथा तराई-डुवर्स क्षेत्रका घना जङ्गलहरू पहिलाको जस्तो रहेनन्। वन क्षेत्र लगातार घट्दै गइरहेको छ।

मुख्यमन्त्रीले आरोप लगाए, पूर्ववर्ती सरकारले उपेक्षा गरेको कारणले वन सम्पदालाई ठूलो नोक्सान पुगेको छ। अब व्यापक रूपमा वन सृजन गरेर पर्यावरण, वन्यजीव तथा प्राकृतिक संसाधनहरूको संरक्षण गर्न आवश्यक छ।

उनले यो पनि आरोप लगाए, केही निजी औ व्यावसायिक संस्थानहरूले भवन निर्माण गर्ने स्वीकृति लिँदा वृक्षरोपम गर्ने वाचालाई पूरा गरेनन्। संस्थानहरूले आफ्नो भूमिको एक तिहाई भागमा हरित क्षेत्र विकसित गर्नुपर्थ्यो, तर अधिकांश मामिलामा यसलाई पालन गरिएन। राज्यमा कङ्क्रीटको जङ्गल द्रूत गतिमा बढ़िरहेको जानकारी पनि उनले गराए।

मुख्यमन्त्रीले घोषणा गरे पश्चिम बङ्गाल सरकारले यस वर्ष 10 करोड़ वृक्षरोपण गर्ने लक्ष्य तय गरेको छ। यदि उत्तर प्रदेश जस्तो ठूलो राज्यमा 26 करोड़ वृक्षरोपण गर्ने लक्ष्य राख्न सकिन्छ भने पश्चिम बङ्गालमा दश करोड़ वृक्षरोपण गर्ने सङ्कल्पलाई पूरा गर्न सकिन्छ। उनले यो पनि बताए, केन्द्रिय गृहमन्त्री अमित शाहले आफ्नो लोकसभा क्षेत्रमा यस वर्ष 1.20 करोड़ बिरूवा रोप्ने लक्ष्य निर्धारण गरेका छन्।

हिजोआज राज्यमा बढ़्दो वज्रपातका घटनाहरूको उल्लेख गर्दै मुख्यमन्त्रीले अधिकभन्दा अधिक नरिवलको रूख रोप्ने सल्लाह दिए। उनले भने, यस सम्बन्धमा राज्य प्रदूषण नियन्त्रण बोर्डलाई आवश्यक निर्देश दिइएको छ ताकि वज्रपात भएको खण्डमा नोक्सानलाई कम गर्न सकियोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande