
हुगली, 14 जुलाई (हि. स.)। रङ्गदारी, क्षेत्रमा अशान्ति फैलाएको तथा अन्य गम्भीर आरोपहरूको मामिलामा गोघाटका प्रभावशाली तृणमूल कङ्ग्रेसका नेता फरिद खानलाई पुलिसले पक्राउ गरेको छ। तिनी गोघाट-दुई पञ्चायत समितिका कर्माध्यक्ष तथा पश्चिमपाड़ा क्षेत्र तृणमूल कङ्ग्रेसका अध्यक्ष थिए। मङ्गलवार आरामबाग महकुमा अदालतमा पेशीको निम्ति जाने क्रममा फरिद खानले मीडियासित भने, उनलाई झूटो मुद्दामा फसाइएको हो।
पुलिस अनुसार गत 21 मईमा गोघाटको पश्चिमपाड़ास्थित झरिया क्षेत्रमा फरिद खानको घरदेखि केही टाड़ामा देशी हतियार अनि बारूदले भरिएको बोरा भेटिएको थियो। यस घटनापछि उनी यहाँबाट भागेका थिए।
स्थानीय भाजपा कार्यकर्ताहरूको आरोप थियो, विधानसभा चुनाउको परिणाम प्रतिकूल भएको खण्डमा क्षेत्रमा हिंसा फैलाउने उद्देश्यले हतियार अनि विस्फोटक जफत गरिएको थियो। तबदेखि नै फरिद खानलाई पक्राउ गर्ने माग गरिँदैथ्यो। अन्ततः गोघाट थाना पुलिसले कोलकाताको दमदम क्षेत्रबाट फरिदलाई पक्राउ गऱ्यो।
उल्लेखनीय छ, फरिद खानलाई आरामबागकी पूर्व सांसद अपरूपा पोद्दार तथा हालैमा सम्पन्न विधानसभा चुनाउमा गोघाटबाट तृणमूल उम्मेद्वार रहेका निर्मल माझीको निकटवर्ती मानिन्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा