बङ्गालको खाड़ीमा माछा मार्ने ट्रलर फेरि डुब्यो, सबै मछुआराहरूलाई सुरक्षित निकालियो
बङ्गालको खाड़ीमा माछा मार्ने ट्रलर फेरि डुब्यो, सबै मछुआराहरूलाई सुरक्षित निकालियो


दक्षिण 24 परगना, 14 जुलाई (हि.स.)। बङ्गालको खाड़ीमा फेरि अर्को माछा मार्ने ट्रलर दुर्घटनाग्रस्त भएको छ। तथापि यसपालि भाग्य तथा साथी मछुआराहरूको सतर्कताले गर्दा ठूलो दुर्घटना हुनदेकि बच्यो। समुद्रको बीचमा ट्रलर डुबे पनि त्यसमा सवार सबै 13 जना मछुआराहरूलाई सुरक्षित बचाइयो।

स्थानीय औ प्रशासनिक सूत्र अनुसार काकद्वीप निवासी लक्ष्मीनारायण दासको ट्रलर 'एफबी सिद्धिविनायक' केही दिनअघि 13 जना मछुआराहरूलाई लिएर गहिरो समुद्रमा माछा मार्नको लागि गएको थियो। बितेको सोमवार राती माछा मारेर फर्किंदा बकखाली तटदेखि लगभग 30 किलोमीटर टाड़ामा ट्रलर दुर्घटनाग्रस्त भयो।

बताइए अनुसार अचानक मौसम खराब भएर समुद्रमा अग्ला-अग्लाहरू छालहरू उठ्न थाले। तीव्र छालको चपेटमा परी ट्रलरको तल्लो आग क्षतिग्रस्त भयो जसले गर्दा ट्रलरमा पानी भरिएर हेर्दा-हेर्दै डुब्यो।

जोखिमलाई मध्यनजर गर्दै मछुआराहरूले मद्दतको लागि चिच्याए। उनीहरूको आवाज सुनेर नजिकैको अर्को माछा मार्ने ट्रलर तुरून्त घटनास्थलमा पुग्यो अनि सबै 13 जना मछुआराहरूलाई सुरक्षित बाहिर निकाल्यो। तर 'एफबी सिद्धिविनायक' ट्रलरलाई अहिलेसम्म निक्लान सकिएको छैन।

बचाइएका सबै मछुआराहरूलाई प्राथमिक उपचार पश्चात तटमा फिर्ता ल्याइँदैछ। घटनाको कारणले काकद्वीपका मछुआरा समुदायमा चिन्ता व्याप्त भ तर सबैलाई सुरक्षित बचाइएकोले प्रशासन अनि पविवारजनले राहत महसूस गरेका छन्।

स्मरण गराइन्छ, केही दिनअघि 'माँ काली' नामक ट्रलर पनि बङ्गालको खाड़ीमा बेपत्ता भएको थियो। गत 2 जुलाईको दिन शङ्करपुर बन्दरगाहबाट 15 जना मछुआराहरूलाई लिएर प्रस्थान भएको ट्रलर 5 जुलाईपछि सम्पर्कविहीन भएको थियो। पछि बकखाली तटदेखि लगभग 35 किलोमीटर टाड़ा बाघेर चरको छेउमा ट्रलरलाई उल्टो अवस्थामा भेटियो। त्यसपछि नौ जना मछुआराहरूको शव भेटियो भने 6 जना अहिले पनि बेपत्ता नै छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande