
मालदा, 14 जुलाई (हि.स.)। ब्राउन शुगरको विवादमा एक युवकको धारिलो हतियार प्रहार गरी जिल्लाको कालियाचक थाना क्षेत्रमा हत्या भएको घटना प्रकाशमा आएको छ। मंगलवार बिहान जालुआबाथाल गाउँमा भएको घटनाले पुरै क्षेत्रमा खैलाबैला मच्चाएको छ। आक्रमणमा परी मृत्यु हुनेको पहिचान अशरफुल शेख (32) रहेको छ भने उनका भाइ सादिकुल शेख गम्भीर घाइते भएका छन्। उनलाई गम्भीर अवस्थामा माल्दा मेडिकल कलेज अस्पतालमा भर्ती गरिएको छ।
मृतकका पिता राकिब शेखले छिमेकी पिलु शेखले लामो समयदेखि सो क्षेत्रमा ब्राउन शुगरको कारोबार गरिरहेको आरोप लगाएका छन्। मंगलवार बिहान लगभग सात बजी उनी साथीभाइ सहित घरमा आएर दुवै छोरालाई बोलाएर लगे। यसपछि उनीमाथि हँसियाले प्रहार गरियो, जसमा अशरफुलको घटनास्थलमै मृत्यु भयो। घटनापछि अभियुक्त घटनास्थलबाट फरार भएको छ। खबर पाएलगत्तै पुलिसको ठूलो टोली घटनास्थलमा पुगेर शव कब्जा गरी पोस्टमार्टमका लागि पठाएको छ। पुलिसले अभियुक्तको खोजीमा निरन्तर छापा मारिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी