अनित थापाको सहयोगमा माइथेबा तामाङले पाइन् नयाँ घर
अनित थापाको सहयोगमा माईथेबा तामाङले पाइन् नयाँ घर


खरसाङ, 14 जुलाई (हि.स.)। खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत तीनको अप्पर चिसो पानी गाउँमा स्थानीय माइथेबा तामाङले नयाँ घर पाएकी छन्। जीटीएका पूर्व कार्यपाल अनित थापाले दिएको वचन अनुसार माइथेबा तामाङ नयाँ घरमा सरेकी छन्।

रोहिणीको अप्पर चिसोपानीदेखि घेयाबारीसम्म पुग्ने सडकको शिलान्यास कार्यक्रममा उपस्थित पूर्व जीटीए प्रमुख अनित थापाले माइथेबा तामाङको जीर्णावस्थामा पुगेको घर बनाइदिने वचन दिएका थिए। सोही वचन अनुसार घर निर्माण गरेर माइथेबा तामाङलाई हस्तान्तरण गरिएको छ।

यस अवसरमा घैयाबारी तीन ग्राम पञ्चायत सदस्या सुष्मा वाईबा राई, उमेश थापा अनि सपन थापा, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा रोहिणी खण्ड समितिका सदस्यहरु, रोहिणी अप्पर चिसोपानी शान्ति परिवार समाजका सभापति सचिव लगायत ग्रामवासीहरू उपस्थित रहेका थिए।

लाभार्थी तामाङले नयाँ घर पाएपछि स्थानीयहरुले अनित थापालाई धन्यवाद ज्ञापन गरेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande