
दार्जिलिङ, 14 जुलाई (हि.स.)। दार्जिलिङ फर्स्टले एलिस भिल्ला क्षेत्रमा सर सफाई अभियान सम्पन्न गरेको छ। जेन जी युवाहरुले गठन गरेको संस्थाले योभन्दा अघि पनि धेरै स्थानमा सर सफाई अभियान चलाएको बताइएको छ।
यस संस्थाको उद्देश्य जेन जीहरुलाई साफ सफाईप्रति प्रोत्साहित गर्नु रहेको छ। यस सफाई अभियानमा रंगबुल, सोनादा लगायत विभिन्न स्थानहरुबाट युवाहरु उपस्थित रहेका थिए।
सफाई अभियानमा दार्जिलिङ नगरपालिकाद्वारा दुईवटा डम्पिङ ट्रक प्रदान गरेकोमा दार्जिलिङ नगरपालिकाको चेयरम्यान दिपेन ठकुरीलाई धन्यवाद दिएको छ।
हिन्दुस्थान समाचार / हनोक