
गान्तोक, 14 जुलाई (हि.स.)। राज्यपाल ओमप्रकाश माथुरले आज लोकभवनमा आयोजित समारोहमा शैक्षिक वर्ष 2025-26 मा विभिन्न प्रशिक्षण र गतिविधिहरूमा उत्कृष्ट प्रदर्शन गर्ने एनसीसी क्याडेटहरूलाई राज्यपाल पदक प्रदान गरेर सम्मानित गरियो। राज्य शिक्षा विभाग र एनसीसी ग्रुम मुख्यालय दार्जिलिङ एवं सिक्किमको संयुक्त तत्वावधानमा आयोजित समारोहमा 1, 2 र 3 सिक्किम बटालियन एनसीसीसॅंग संबद्ध विभिन्न विद्यालय र महाविद्यालयका कुल 43 मेधावी क्याडेटहरूलाई पदक, प्रशस्ति पत्र र नगद प्रोत्साहन राशि प्रदान गरियो।
राज्यपालले उत्कृष्ट प्रदर्शन गर्ने क्याडेटहरूलाई 18 स्वर्ण, 15 रजत र 10 कांस्य पदक प्रदान गरे। साथै, सिक्किम सरकारी विज्ञान महाविद्यालय, च्याखुङका एसोसिएट एनसीसी अधिकारी लेफ्टिनेन्ट मनोज कुमारलाई एनसीसी गतिविधिहरूमा उनका उल्लेखनीय योगदानका लागि 'अवार्ड अफ् एक्सीलेन्स' ले सम्मानित गरियो।
राज्यपालले आफ्नो सम्बोधनमा राज्यपाल पदक प्राप्त गर्ने सबै 43 एनसीसी क्याडेटहरू र एएनओलाई बधाई एवं शुभकामना दिए। उनले भने, 'एनसीसी राष्ट्र निर्माणको एक सशक्त संस्था हो, जसले युवाहरूमा अनुशासन, नेतृत्व क्षमता, चरित्र क्षमता, सेवा भावना र राष्ट्रभक्ति जस्ता जीवन मूल्यहरूको विकास गर्दछ।' उनले सीमावर्ती राज्य सिक्किममा एनसीसीको भूमिका अझ धेरै महत्वपूर्ण रहेको बताए।
उनले शिक्षा विभागलाई सुदूर एवं सीमावर्ती क्षेत्रहरूमा स्थित शिक्षण संस्थानहरूमा एनसीसी विस्तार गर्न आग्रह गरे। उनले धेरै भन्दा धेरै युवाहरू यस संगठनसॅंग जोडिन सकुन् र उनीहरूले नेतृत्व विकासको अवसर प्राप्त गर्न सकुन् भनी बताए। उनले शिक्षा मन्त्रीलाई राज्यमा एनसीसी ग्रुप मुख्यालय स्थापनाको कार्य शीघ्र पूरा गर्न आग्रह गरे।
उनले नशालु पदार्थ विरुद्ध चलिरहेका जागरुकता अभियानहरूमा एनसीसी क्याडेटहरूको सक्रिय एवं प्रभावी भागीदारीमाथि जोड दिए। उनले क्याडेटहरूलाई आफ्नो जीवनको लक्ष्यप्रति अडिग रहन तथा उत्साह, संघर्षशीलता र समर्पणका साथ निरन्तर अगाडि बढ्न आह्वान गरे। उनले प्रधानमन्त्री नरेन्द्र मोदीको 'विकसित भारत @2047' को संकल्पलाई साकार बनाउन अनुशासित, सक्षम एवं राष्ट्रनिष्ठ युवाहरूको निर्णायक भूमिका रहने विश्वास व्यक्त गरे।
हिन्दुस्थान समाचार / बिशाल