
नयाँ दिल्ली, 14 जुलाई (हि.स.)। आम आदमी पार्टी (आआपा) का राष्ट्रिय संयोजक एवं दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालले ई-20 पेट्रोलको मुद्दामा प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेर दुई वटा प्रमुख मागहरू राखेका छन्। उनले भने, सबै पेट्रोल पम्पहरूमा शुद्ध पेट्रोल तथा ई-20 दुवै विकल्प उपलब्ध गराइयोस् साथै ई-20 पेट्रोलको मूल्य सामान्य पेट्रोलभन्दा कम गरियोस्, किनभने यसको माइलेज कम रहेको सिकायत आइरहेको छ।
अरविन्द केजरीवालले मङ्गलवार पार्टी कार्यालयमा आयोजित पत्रकार वार्तामा भने, देशभरिकै मानिसहरूबाट सिकायत प्राप्त भइरहेको छ कि ई-20 पेट्रोलको उपयोगले वाहनहरूको माइलेज घटिरहेको छ भने कतिपय वाहनहरूको पूर्जामाथि पनि प्रतिकूल प्रभाव परिरहेको छ। यसैलाई ध्यानमा राखेर उनले प्रधानमन्त्रीलाई पत्राचार गरी जनताका चिन्ताहरूसित अवगत गराएका छन्।
उनले बताए, पत्रमा प्रधानमन्त्रीसित भेट गर्ने समय पनि मागिएको छ ताकि जनताबाट प्राप्त सुझाउ तथा तकनिकी पक्षमाति विस्तार पूर्वक चर्चा गर्न सकियोस्। साथै आआपले यस मुद्दामा एक अनलाइन हस्ताक्षर अभियान पनि शुरू गरेको छ। उनले मानिसहरूसित अपील गरे, उनीहरूले यस अभियानसित जोड़िएर आफ्नो अनुभव साझा गरून् ताकि त्यसलाई प्रधानमन्त्री समक्ष राख्न सकियोस्।
केजरीवालले पार्टी कार्यकर्ताहरूसित पनि पेट्रोल पम्प तथा सर्भिस स्टेशनहरूमा गएर मानिसहरूसित बातचित गर्ने अनि उनीहरूको अनुभवको भीडियो सोशल मीडियामा साझा गर्ने अपील गरे। उनले भने, अधिकभन्दा अधिक मानिसहरूको आवाज आयो भने सरकारमाथि जनभावनाहरूलाई सुन्ने दबाव बढ़्नेछ।
केजरीवालले नीट पेपर लीक मामिलालाई लिएर जन्तर-मन्तरमा भइरहेको प्रदर्शनलाई समर्थन गर्दै भने, पर्यावरणविद् सोनाम वाङ्गचुक शिक्षा व्यवस्थामा सुधार औ केन्द्रिय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको मागमा अनिश्चितकालीन भोक हड़तालमा बसेका छन्। उनको खस्किँदो स्वास्थ्य चिन्ताको विषय भएको छ।
उनले बताए, बिहीवार साँझ पाँच बजे जन्तर-मन्तरमा पुगेर सोनम वाङ्गचुकसित उनले भेट गर्नेछन्। उनको स्वास्थ्यलाई ध्यानमा राखेर भोक हड़ताल फिर्ता लिने अपील गर्नेछन्। उनले भने, सोनम वाङ्गचुक देशका अमूल्य धरोहर हुन्। लोकतान्त्रिक ढङ्गमा आन्दोलनलाई अगाड़ि बढ़ाउने अन्य विकल्पहरू पनि त छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा