खरसाङमा १६ जुलाईमा जगनाथ रथ यात्रा निकालिने
खरसाङमा १६ जुलाईको दिन जगनाथ रथ यात्रा निकालिने


खरसाङ, 14 जुलाई (हि.स.)। खरसाङमा यसपाली भव्यरुपमा जगनाथ रथयात्रा निकालिने भएको छ। गत वर्ष झैं यसपाली पनि अखण्ड हरि संकीर्तन समिति खरसाङको आयोजनामा आगामी 16 जुलाईको दिन दिउँसो 1 बजीदेखि श्री जगनाथ रथयात्रा महोत्सव 2026 आयोजना गरिने छ।

उक्त जगनाथ रथ यात्रा खरसाङको नयाँ बजारस्थित जगनाथ मन्दिर परिसरबाट शुरु भएर पंखाबारी रोड, हिल कार्ट रोड हुँदै खरसाङ बजार परिक्रमा गरेर वर्द्धमान रोड भएर रेलवे स्टेशन परिसर भएर पुनः जगदीश मन्दिरमा पुगेर समापन हुनेछ। उक्त रथयात्रा जगदीश मन्दिरमा श्रृंगार आरतीपछि शुरु हुने बताइएको छ।

अखण्ड हरि संकीर्तन समिति खरसाङका पदाधिकारीहरुले आज आयोजित एक पत्रकार सम्मेलनमा उक्त जानकारी दिए। सम्मेलनमा समितिका अध्यक्ष राजेन्द्र प्रसाद, उप सभापति पुरुषोत्तम अधिकारी, सचिव रमेश प्रसाद र कोषाध्यक्ष बिक्रम प्रसाद उपस्थित थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande