
पुरुलिया, 14 जुलाई (हि. स.)। पश्चिम बङ्गालको पुरुलिया जिल्लामा सोशल मीडियामा कथित भड़काऊ सामग्री पोस्ट गरेको आरोपमा एकजना सोशल मीडिया इन्फ्लुएन्सर तथा एकजना तृणमूल कङ्ग्रेसका जिल्ला युवा अध्यक्षलाई पक्राउ गरिेको छ। उनलाई गए सोमवार राति पुरुलिया थाना पुलिसले पक्राउ गरेको हो। मङ्गलवार अदालतमा पेशीको निम्ति ल्याउँदा उनीहरूको विरोधमा चोर-चोर- को नारा लगाइयो। पक्रा पर्ने इन्फ्लुएन्सरको पहिचान तुषार अवस्थीको रूपमा भएको छ जसले पासे आछि पुरुलिया नामक एक फेसबुक पेज सञ्चालन गर्दै आएका छन्।
पुलिस अनुसार विधानसभा चुनाउको परिणाम घोषणा हुनअघि उनले तृणमूल कङ्ग्रेसको समर्थनमा लगातार कथित रूपमा भड़काऊ भीडियो अनि पोस्ट साझा गर्दै आइरहेका थिए। आरोप छ, उनका केही पोस्टहरू भाजपा सांसद ज्योतिर्मय सिंह महतो र विधायक सुदीप मुखर्जीलाई लक्षित गरेर गरिएको थियो।
पुलिसले जिल्ला तृणमूल युवा अध्यक्ष गौरव सिंहलाई पनि पक्राउ गरेको छ। दुवैमाथि सोशल मीडियामा भड़काऊ सामग्री प्रसारित गर्नको साथै बाउड़ी समुदायका एकजना युवकलाई धम्क्याएको अनि कुटपिट गरेको आरोप दर्ता छ।
पुलिसले तुषार अवस्थी विरूद्ध साइबर अपराधसित सम्बन्धित धाराहरू अन्तर्गत मामिला दर्ता गरेको छ। यसरी नै तुषार अवस्थी र गौरव सिंहविरूद्ध अनुसूचित जाति एवं अनुसूचित जनजाति (अत्याचार निवारण) अधिनियम अन्तर्गत मामिला दर्ता गरिएको छ। आरोप छ, वर्ष 2021, 2022 औ 2026- मा पुरुलिया शहरको मुन्सेफडाङ्गा क्षेत्रमा एक मतदान केन्द्रमा बाउड़ी समुदायका एकजना युवकमाथि कुटपिट तथा धम्की दिइएको थियो।
गौरव सिंहले अदालतमा लैजाने क्रममा भने, तृणमूल गर्दा मुद्दा लाग्नु निश्चित छ।
यता यसै एससी/एसटी अत्याचार मामिलामा पक्रा पर्ने जिल्ला परिषदका उपाध्यक्ष सुजय ब्यानर्जीलाई पनि पुलिस रिमाण्डको अवधि समाप्त भएपछि मङ्गलवार फेरि अदालतमा पेश गरियो। उनले भने, उनीविरूद्ध कुन चाहिँ नयाँ धारा जोड़िएको छ, त्यसबेला उनलाई कुनै जानकारी छैन। पुलिसले मात्र बताउनसक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा