आसनसोल मुर्गा सोलमा भयानक सड़क दुर्घटना, एक जनाको मृत्यु
आसनसोल मुर्गा सोलमा भयानक सड़क दुर्घटना, एक जनाको मृत्यु


पश्चिम बर्दवान, 17 जुलाई (हि.स.)। आसनसोल दक्षिण थाना अधिनस्थ मुर्गासोल क्षेत्रमा शुक्रवार बिहान भएको एक भयानक सड़क दुर्घटनामा स्कूल भ्यान चालकको घटनास्थलमै मृत्यु भयो। दुर्घटनापछि क्षेत्रमा कोकोहोलो मचियो। सूचना पाउनसाथ पुलिसले घटनास्थलमा पुगेर जाँच गर्न शुरू गऱ्यो।

मृतकको पहिचान जयदेव मण्डल (65 वर्ष)- को रूपमा भएको छ। भनिन्छ, अन्य दिन सरह शुक्रवार बिहान 7 बजे कोलकाता बाय स्कूलका नानीहरूलाई स्कूल लैजानका लागि भ्यानमा बसाइरहेका थिए। यसै अवधि आसनसोलको रानीगञ्जबाट आइरहेको एउटा द्रूत गतिको मिनी बसले उनलाई ठक्कर दियो। यस भयानक ठक्करमा जयदेव मण्डलको घटनास्थलमै मृत्यु भयो।

यस दुर्घटनामा भ्यानमा बसेका लगभग आठ जना मानिसहरू पनि घाइते भए। स्थानीय मानिसहरूको सहयोगले सबै घाइतेहरूलाई तत्काल उपचारको निम्ति आसनसोल जिल्ला अस्पतालमा पठाइयो। राहतको कुरा के छ भने सबै नानीहरूलाई सामान्य चोट मात्र लागेको छ।

प्रत्यक्षदर्शी जितेन्द्र सिंहले बताए, जयदेव मण्डलले एक-एक जना गरेर नानीहरूलाई भ्यानमा बसाइरहेका थिए। अचानक द्रूत गतिको मिनी बसले उनलाई ठक्कर दियो। दुर्घटनापछि चालक वाहन छोड़ेर भाग्यो।

घटनाको सूचना पाउनसाथ आसनसोल दक्षिण थानाको पुलिसले घटनास्थलमा पुगेर मिनी बसलाई आफ्नो कब्जामा लियो। पुलिसले मृतकको शवलाई कब्जामा लिएर पोस्टमर्टम ग्रनको लागि पठाइदिएको छ भने अर्कोतिर भगौड़ा बस चालकलाई पनि खोजिरहेको छ।

यस पीड़ादायी दुर्घटनापछि मुर्गा सोल क्षेत्रमा शोक अनि आक्रोश दुवै व्याप्त भएको छ। स्थानीय मानिसहरूले स्कूलको समयमा द्रूत गतिमा गुड़्ने वाहनहरूलाई कड़ा कारबाही गर्ने अनि नानीहरूको सुरक्षाको लागि प्रभावकारी यातायात व्यवस्था सुनिश्चित गर्ने माग गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

 rajesh pande