
नयाँ दिल्ली, २० जुलाई (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका युवाहरूको साहस, आत्मविश्वास र दृढ़ संकल्पको प्रशंसा गर्दै सोमवार एउटा संस्कृत सुभाषित साझा गरेका छन्। उनले आजका युवा आफ्नो साहस, उपलब्ध स्रोतहरूको प्रभावकारी उपयोग र अथक परिश्रमका बलमा ऐतिहासिक सफलता हासिल गरिरहेको भन्दै यही शक्ति विकसित भारत निर्माणको सबैभन्दा ठूलो आधार बन्दै गएको बताएका छन्।
प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्–
“प्राप्यापदं न व्यथते कदाचिदुद्योगमनविचति चाप्रमत्तः। दुःखं च काले सहते महात्मा धुरंधरस्तस्य जिताः सपत्नीः॥”
यसको अर्थ, जो महान व्यक्ति प्रतिकूल परिस्थितिमा पनि कहिल्यै विचलित हुँदैन, पूर्ण सावधानी र सजगताका साथ आफ्नो कार्यमा निरन्तर लागिरहन्छ तथा कठिन समयलाई धैर्यपूर्वक सामना गर्छ, उसका शत्रुहरू पहिले नै पराजित मानिन्छन्।
प्रधानमन्त्रीले भने कि आज भारतका युवाहरू आफ्नो साहस, आत्मविश्वास र कडा परिश्रमका बलमा नयाँ–नयाँ उपलब्धि हासिल गरिरहेका छन्। उनले युवाहरूको यही ऊर्जा, संकल्प र कर्मशीलताले विकसित भारत निर्माणमा सबैभन्दा ठूलो शक्ति प्रदान गर्ने विश्वास व्यक्त गरे।
हिन्दुस्थान समाचार / भवानी थामी