संसदको मनसुन सत्रको पहिलो दिन नीट र राम मन्दिर चढ़ावा मुद्दामा विपक्षको हंगामा
लोकसभा


नयाँ दिल्ली, २० जुलाई (हि.स.)। संसदको मनसुन सत्रको पहिलो दिन सोमवार लोकसभा र राज्यसभामा विपक्षी दलहरूले नीट–यूजी प्रश्नपत्र लीक, अयोध्याको श्रीराम मन्दिरको चढ़ावा चोरी लगायत विभिन्न मुद्दा उठाउँदै चर्को हंगामा गरेका छन्। लगातारको होहल्लाका कारण दुवै सदनको कार्यवाही शुरु भएको केही समयमै दिउँसो १२ बजीसम्मका लागि स्थगित गरियो।

राज्यसभामा विपक्षी दलका नेता मल्लिकार्जुन खड्गेले नीट–यूजी प्रश्नपत्र लीकको विषय उठाउँदै जन्तर–मन्तरमा आफ्ना मागहरू लिएर भेला भएका विद्यार्थीहरूको आवाज दबाउन खोजिएको र उनीहरूमाथि लाठीचार्ज गरिएको आरोप लगाए। उनले यस विषयमा सदनमा विस्तृत छलफल गरिनुपर्ने माग गरे। विपक्षी सदस्यहरूको हंगामाबीच सभापतिले राज्यसभाको कार्यवाही दिउँसो १२ बजीसम्मका लागि स्थगित गरे।

अर्कोतिर, लोकसभामा पनि विपक्षी सांसदहरूले नीट–यूजी प्रश्नपत्र लीक, अयोध्याको श्रीराम मन्दिरको चढ़ावा चोरी तथा अन्य विषयमा छलफल गराउन माग गर्दै नाराबाजी गरे। धेरै सांसदहरू पोस्टर र ब्यानर सहित सदनमा पुगे। लगातारको अवरोधका कारण लोकसभाको कार्यवाही लगभग १२ मिनेट मात्र सञ्चालन हुनसक्यो। त्यसपछि लोकसभा अध्यक्ष ओम बिरलाले सदनको कार्यवाही दिउँसो १२ बजीसम्मका लागि स्थगित गरे।

उल्लेखनीय छ कि संसदको मनसुन सत्र १३ अगस्तसम्म सञ्चालन हुनेछ। यस अवधिमा कूल १९ वटा बैठक प्रस्तावित छन्। सरकारले यस अधिवेशनमा आयकर संशोधन विधेयक, राष्ट्रिय सम्मानको अपमान रोकथाम (संशोधन) विधेयक तथा सर्वोच्च अदालत (न्यायाधीशहरूको संख्या) संशोधन विधेयक लगायत सात वटा महत्वपूर्ण विधेयक पारित गराउने तयारी गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande