
नयाँ दिल्ली, २१ जुलाई (हि.स.)। लोकसभा अध्यक्ष ओम बिरला, प्रधानमन्त्री नरेन्द्र मोदी तथा अन्य नेताहरूले मंगलवार कांग्रेसका राष्ट्रिय अध्यक्ष तथा राज्यसभाका विपक्षी नेता मल्लिकार्जुन खड्गेलाई जन्मदिनको शुभकामना दिएका छन्।
लोकसभा अध्यक्ष ओम बिरलाले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “राज्यसभाका विपक्षी नेता मल्लिकार्जुन खड्गेलाई जन्मदिनको हार्दिक शुभकामना। उनको उत्तम स्वास्थ्य, सुख, समृद्धि तथा दीर्घायु जीवनको कामना गर्दछु।”
प्रधानमन्त्री नरेन्द्र मोदीले पनि मल्लिकार्जुन खड्गेलाई जन्मदिनको शुभकामना दिँदै उनको दीर्घायु र सुस्वास्थ्यको कामना गरेका छन्।
त्यसैगरी, रक्षामन्त्री राजनाथ सिंहले राज्यसभाका विपक्षी नेता तथा कांग्रेसका राष्ट्रिय अध्यक्ष मल्लिकार्जुन खड्गेलाई जन्मदिनको शुभकामना व्यक्त गर्दै उनी दीर्घायु र स्वस्थ रहून् भन्ने शुभेच्छा व्यक्त गरेका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी