उत्तर म्यासेडोनियामा राष्ट्रपति मुर्मुको भव्य स्वागत, राजधानी स्कोप्जेमा दुई दिन बस्ने
राष्ट्रपति द्रौपदी मुर्मु और नॉर्थ मैसेडोनिया के विदेश मंत्री।


नयाँ दिल्ली, २१ जुलाई (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मु आफ्नो तीन देशीय राजकीय भ्रमणको दोस्रो चरण अन्तर्गत उत्तर म्यासेडोनियाको राजधानी स्कोप्जे पुगेकी छन्। विमानस्थलमा उत्तर म्यासेडोनियाका विदेशमन्त्री टिम्चो मुकुन्स्कीले उनको हार्दिक स्वागत गरे।

भारतीय विदेश मन्त्रालय अनुसार, कुनै भारतीय राष्ट्रपतिले उत्तर म्यासेडोनियाको भ्रमण गरेको यो पहिलो अवसर हो। यस भ्रमणले दुई देशबीच विकसित हुँदै गएको मैत्रीपूर्ण सम्बन्धलाई प्रतिबिम्बित गर्ने विश्वास व्यक्त गरिएको छ। साथै यसले भारत र उत्तर म्यासेडोनियाबीच सम्बन्धलाई अझ् सुदृढ़ बनाउँदै विभिन्न क्षेत्रमा सहकार्यका नयाँ अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ।

उल्लेखनीय छ कि राष्ट्रपति द्रौपदी मुर्मुले आफ्नो तीन देशीय राजकीय भ्रमणको पहिलो चरण मोल्दोवामा सम्पन्न गरेकी थिइन्।

त्यसपछि उनी दुई दिने भ्रमणका लागि उत्तर म्यासेडोनिया पुगेकी हुन्। स्कोप्जेतर्फ प्रस्थान गर्नुअघि उनले मोल्दोवाको राजधानी चिसिनाउमा आयोजित राजकीय भोजमा सहभागिता जनाएकी थिइन्। सो अवसरमा राष्ट्रपति मुर्मुले मोल्दोवामा रहेका भारतीय समुदायका सदस्यहरूसँग पनि भेटघाट तथा अन्तरक्रिया गरेकी थिइन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande