जम्मू-कश्मीरः अनन्तनागमा आतङ्कवादी हमलामा एक पुलिसकर्मी बलिदान
जम्मू-कश्मीरः अनन्तनागमा आतङ्कवादी हमलामा एक पुलिसकर्मी बलिदान


अनन्तनाग, 22 जुलाई (हि.स.)। जम्मू-कश्मीरको अनन्तनागमा बुधवार अनन्तनाग शहरमा आतङ्कीहरूले गरेको हमलामा अमरनाथ यात्राका लागि सुरक्षा ड्यूटीमा तैनाथ एक पुलिसर्कमी बलिदान भएका छन्। लस्कर-ए-तैयबासँग सम्बद्ध द रेजिस्टेन्स फ्रन्टले सोसल मीडिया पोस्ट मार्फत हमलाको जिम्मेवारी लिएको छ।

अनन्तनागको लाल चोकमा दिउँसो 12ः30 बजीतिर गोली चलेको अधिकारीहरूले बताएका छन्। अमरनाथ यात्राका लागि सुरक्षा ड्युटीमा तैनाथ हेड कन्स्टेबल आशिक हुसैन हमलामा घाइते भएका थिए र उनलाई अनन्तनागको सरकारी मेडिकल कलेज अस्पतालमा लगियो। अस्पताल पुगेपछि डाक्टरले हुसैनलाई मृत घोषित गरे। सुरक्षा बलले उक्त क्षेत्रलाई घेराबन्दी गरेको छ र आक्रमणकारीहरूलाई पक्राउ गर्न अपरेशन शुरु गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande