
नयाँ दिल्ली, 22 जुलाई (हि.स.)। संसदीय कार्य मन्त्री किरेन रिजिजुले संसदमा चलिरहेको गतिरोधलाई लिएर विपक्षमाथि प्रहार गर्दै छलफलका क्रममा विपक्षीले आफ्नो भनाइ राख्नुपर्ने तर छलफल रोक्नका लागि सर्तहरू लगाउनु लोकतान्त्रिक परम्परा विपरीत रहेको बताएका छन्।
संसदमा पत्रकारहरूसँग कुरा गर्दै किरेन रिजिजुले सदनमा छलफल भएमा हरेक सांसदलाई बोल्ने पूर्ण अधिकार रहेको बताए। काङ्ग्रेस होस् वा अखिलेश यादव, सबैले आफ्नो विचार खुला राख्न सक्छन्। उनले छलफल रोक्नका लागि बहाना बनाउनु उचित नभएको बताए।
सरकार कुनै पनि मुद्दाबाट भाग्न नसक्ने उनले बताए। लोकतन्त्रमा जनतालाई यसको कार्यका बारेमा जानकारी गराउनु र सदनमा प्रत्येक मुद्दामा छलफलका लागि तयार हुनु सरकारको दायित्व हो।
संसदीय कार्मय न्त्रीले सदनमा छलफल हुनबाट रोक्ने मनोवृत्ति नमान्ने विपक्षलाई अपील गरे। संसदको कारबाही नियमद्वारा सञ्चालित हुने उनले बताए। पहिले बहसलाई अनुमति दिइँदैन अनि त्यसपछि भनिन्छ, बोल्ने मौका थिएन, यो उचित छैन।
हिन्दुस्थान समाचार / भवानी थामी