
गुवाहाटी, 23 जुलाई (हि.स.)। केन्द्रिय गृहमन्त्री अमित शाहले बिहिवार मुख्यमन्त्री डा. हिमांता विश्व शर्मासँग कुरा गरी असमको बाढ़ीको अवस्थाबारे जानकारी लिएका छन्। राज्यमा आएको बाढ़ीले अहिलेसम्म 44 जनाको ज्यान लिएको छ भने 80 जनाभन्दा बढ़ी अझै बेपत्ता छन्। मृतकको सङ्ख्या बढ्न सक्ने आशंका गरिएको छ।
अन्तरक्रियाका क्रममा अमित शाहले राज्यलाई केन्द्र सरकारबाट हर सम्भव सहयोगको आश्वासन दिए। बाढ़ीबाट भएको क्षतिको मूल्याङ्कन गर्न र राहत तथा पुनःस्थापना कार्यको समीक्षा गर्न केन्द्र सरकारको प्रतिनिधिमण्डल आज वा भोली असम आइपुग्नेछ।
यसैबीच मुख्यमन्त्री डा. हिमांता विश्व शर्माले लगातार दोस्रो दिन बाढ़ी प्रभावित क्षेत्रको भ्रमण गरे। उनले गोलाघाट जिल्लाको बाढ़ीको स्थितिको जायजा लिए र प्रभावित मानिसहरूलाई भेट्न र राहत कार्यको समीक्षा गर्न गोलाघाटको कामरबन्धा स्थित नुमालीगढ र भास्कर सिनियर बेसिक स्कुलको राहत शिविरको भ्रमण गरे।
हिन्दुस्थान समाचार / भवानी थामी