खरसाङमा हिल वुमन फुटबल लीग 2026 शुरु
Women football team


खरसाङ, 23 जुलाई (हि.स.)। खरसाङ फुटबल एसोसिएसनको आयोजनमा खरसाङको गोथल्स स्कूलको खेल मैदानमा आजदेखि हिल वुमन फुटबल लीग 2026 शुरु भएको छ। यस अन्तर्गत बिहीबार जिल्ला फुटबल एसोसिएसन कालेबुङ अनि खरसाङ गर्ल्स फुटबल एकाडमीमाझ खेल सम्पन्न भयो।

यस खेलमा जिल्ला फुटबल एसोसिएसन कालेबुङले 3 गोल गरेका थिए। टिमको लागि एन्जेला भोटियाले एक, जामयाङ भोटियाले एक र एक गोल आत्मघाती गोल भएको थियो। त्यसरी नै खरसाङ गर्ल्स फुटबल एकाडमीले एक गोल गनक् सक्यो। टिमको लागि एलिजा दर्जी एक गोल गरिन्।

यस खेलमा उत्कृष्ट खेलाडी जिल्ला फुटबल एसोसिएसन कालेबुङकी एन्जेल भोटियालाई नगद राशि दुई हजार प्रदान गरिएको छ। अब शुक्रवार 24 जुलाईका खरसाङ गर्ल्स फुटबल एकाडेमी अनि दार्जिलिङ डीजीएचएसएमाझ खेल हुनेछ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande