
नयाँ दिल्ली, 23 जुलाई (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आज राष्ट्रलाई युवाहरूको भविष्यसँग खेलवाड़ गर्ने कसैलाई पनि छोड़िने छैन भनी आश्वासन दिएका छन्। पेपर लीकका सबै मामिलामा दोषीहरुलाई चाँड़ै कड़ा सजाय दिन फास्ट ट्र्याक अदालत स्थापना गरिने उनले घोषणा गरे।
प्रधानमन्त्री मोदीले एक्समा भनेका छन्, विद्यार्थीहरूको हित सुरक्षित गर्न सरकारले लिएको निर्णयमा यो एउटा महत्त्वपूर्ण कदम हो। फास्ट ट्रयाक अदालतका सन्दर्भमा सम्बन्धित विभागहरूले आवश्यक कारबाही सुनिश्चित गर्न निर्देश दिइएको छ।
विशेष गरी दिल्लीको जन्तर मन्तरमा विद्यार्थीहरूको नीट र अन्य परीक्षाहरूको पेपर लीकसँग सम्बन्धित मुद्दाहरूलाई लिएर आन्दोलन जारी छ। विद्यार्थीहरूको मुख्य माग देशको शिक्षा मन्त्रीको राजीनामा हो।
--------
हिन्दुस्थान समाचार / भवानी थामी