
नयाँ दिल्ली, 23 जुलाई (हि.स.)। जन्तर मन्तरमा विरोध प्रदर्शनका क्रममा बुधवार राति स्थिति फेरि एक पटक अनियन्त्रित भयो। टोल्सटोय स्ट्रिट र संसद स्ट्रिटको बिचमा प्रदर्शनकारी र पुलिसबीच भारी झड़प भयो। उपद्रवीहरूले अचानक सुरक्षा बलमाथि ढुङ्गा र बोतलहरू फ्याँक्न थालेको पुलिसले आरोप लगाएको छ। हिंसामा दुई एसीपी, दुई इन्स्पेक्टर र र्यापिड एक्सन फोर्सका जवानहरू सहित लगभग एक दर्जन पुलिस घाइते भएका छन्। घाइतेहरूलाई तत्कालै नजिकैको अस्पतालमा लगियो। प्रदर्शनकारीहरू सड़कमा खुकरी लहराउँदै गरेको देखिएका थिए भनी पुलिसले दावी गरेको छ।
पुलिस अनुसार, राति 8ः30 बजीतिर हिंसा शुरु भएको थियो। त्यस समय कानून र व्यवस्था कायम राख्न टोल्सटोय मार्गमा पुलिस र सुरक्षाकर्मीहरू तैनाथ गरिएको थियो। यसैबीच प्रदर्शनकारीहरूको एउटा समूह घटनास्थलमा पुग्यो र अचानक सुरक्षाकर्मीहरूमाथि ढुङ्गा प्रहार गर्न थाल्यो। केही बदमाशको हातमा तरवार, छुरी, लाठी र ढुङ्गा रहेको पुलिसले दाबी गरेको छ। त्यसलाई सुरक्षा फौजमाथि आक्रमण गर्न प्रयोग गरियो।
स्थिति तनावपूर्ण भएपछि पुलिस र सुरक्षाकर्मीहरू घटनास्थलमा पुगे। थप पुलिसबललाई बोलाइयो। सुरक्षा बलले भीड़लाई तितर-बितर गर्न लाठीचार्ज गरे र स्थिति नियन्त्रण गर्न अश्रु ग्याँसको गोली पनि हाने। जवाबी कारबाही गरेपछि उपद्रवीहरू घटनास्थलबाट भागे। तर सम्पूर्ण क्षेत्रमा लामो समयसम्म तनावपूर्ण अवस्था रह्यो।
प्रहरी अधिकारीहरू अनुसार, आक्रमणमा कनट प्लेसका एसीपी पनि घाइते भएका छन्। उनको टाउकोमा चोट लागेपछि वरिष्ठ अधिकारीहरूले उनलाई तुरुन्तै डा. राम मनोहर लोहिया अस्पतालमा लगे। अन्य घाइते पुलिस र आरएएफका जवानहरूलाई पनि प्राथमिक उपचारका लागि अस्पताल पठाइयो।
हिंसाको क्रममा केही प्रदर्शनकारीहरूले खुला रूपमा तरवार र खुकरी बोकेको देखिएको दिल्ली पुलिसले दाबी गरेको छ। पुलिसले केही बाह्य असामाजिक तत्त्वहरू भीड़मा सामेल भएको पनि शङ्का गरेको छ, जसले गर्दा तनावपूर्ण स्थिति उत्पन्न भयो। अनुसन्धानमा यो पक्ष पनि समावेश गरिएको छ। हिंसापछि टोल्सटोय मार्ग, संसद मार्ग र जन्तर मन्तर वरपर सुरक्षा थप कड़ा गरिएको छ। दिल्ली पुलिस र सुरक्षा बलका अतिरिक्त कम्पनीहरू तैनाथ गरियो। पुलिसले प्रदर्शनकारीहरूलाई शान्ति कायम गर्न लाउडस्पीकर मार्फत अपील गरेको छ।
/ बिशाल