
नयाँ दिल्ली, 24 जुलाई (हि.स.)। पर्यावरणविद् तथा सामाजिक कार्यकर्ता सोनाम वाङचुकले हिजो राति 26 दिने अनशन तोडेका छन्। यस सन्दर्भमा उनले एउटा भिडियो जारी गर्दै देशमा जवाफदेही तय गरिनु पर्छ भनेका छन्। उनले सरकारसँग भएको वार्ता र आश्वासनबारे पनि जानकारी दिएका छन्। तर, यसमा केन्द्रिय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा समावेश छैन।
परीक्षा प्रणालीको विफलताका लागि जवाफदेहिता निर्धारण गर्न संसदमा छलफल हुने आश्वासन सरकार र अन्य दलका नेताहरूले दिएको सोनाम वाङचुकले बताए। साथै, सरकारले एनईईटी परीक्षाको प्रश्नपत्र लीकका कारण आत्महत्या गर्ने विद्यार्थीहरूका परिवारलाई उचित क्षतिपूर्ति दिइनेछ र शान्तिपूर्ण रूपमा विरोध गरिरहेका विद्यार्थी र युवाविरुद्ध कुनै मुद्दा दर्ता नगर्ने सरकारले आश्वासन दिएको पनि उनले जानकारी दिए।
यसैबीच सरकारले कांस्टीट्यूशनल क्लबमा जन्तर मन्तरमा आन्दोलनरत सीजेपी नेताहरूसँग वार्ता गर्न सक्ने खबर आएको छ। यस विषयमा अहिलेसम्म सरकार वा भाजपाको कुनै आधिकारिक बयान आएको छैन। सीजेपीको नेतृत्व गरिरहेका अभिजीत डिप्केले धर्मेन्द्र प्रधानले राजीनामा नगरेसम्म आफ्नो आन्दोलन जारी रहने बताएका छन्। उनले सोनाम वाङचुकको बलिदानलाई यसरी व्यर्थ जान नदिने बताए।
स्मरण रहोस्, सोनाम वाङचुकले गत राति केन्द्रिय मन्त्री जेपी नड्डा र डा जितेन्द्र सिंहको उपस्थितिमा आफ्नो 26 दिने अनशन समाप्त गरे।
--------
हिन्दुस्थान समाचार / भवानी थामी