
जम्मू, 25 जुलाई (हि.स.)। खराब मौसमका कारण छ दिनसम्म रोकिएको वार्षिक अमरनाथ यात्रा शनिबार जम्मूबाट पुनः शुरु भएको छ। अधिकारीहरूले भने, तीर्थयात्रीहरूको नयाँ ब्याच, 6,000 भन्दा बढी, कश्मीर उपत्यकाको बालटाल आधार शिविरका लागि भगवती नगर आधार शिविरबाट निस्किएको छ। 19 जुलाईमा जम्मू-कश्मीरमा निरन्तर वर्षा र खराब मौसमका कारण सावधानीका रूपमा यात्रा स्थगित गरिएको थियो। यो प्रतिबन्ध विशेष गरी 3,880 मिटर अग्लो पवित्र गुफा मन्दिरतर्फ जाने दुई मार्गहरूक्ष अनन्तनाग जिल्लाको परम्परागत 48 किलोमिटर पहलगाम मार्ग र गान्दरबल जिल्लाको 14 किलोमिटर छोटो बालटाल मार्गमा लगाइएको थियो।
अधिकारीहरूले भने, तीर्थयात्रीहरूको 18 औँ समूहमा 6,269 सामेल छन् जसमा 1470 महिला, 25 बालबालिका र 54 साधुहरू छन्। 223 वटा गाडीको काफिला कडा सुरक्षाको बिचमा बिहान 2ः40 बजी बालटाल आधार शिविरका लागि प्रस्थान गरेको थियो। पहलगाम मार्गमा कुनै काफिला पठाइएको छैन।
मौसममा सुधार र भूस्खलन र उधमपुर-रामबन क्षेत्रमा धेरै ठाउँमा ढुङ्गा झरेका कारण तीन दिन बन्द रहेपछि जम्मू-श्रीनगर राष्ट्रिय राजमार्गमा यातायात पुनः शुरु भएपछि यात्रा पुनः शुरु भएको अधिकारीहरूले बताए।
उपत्यकामा वार्षिक यात्रा शुरु हुनुभन्दा एक दिन अघि 2 जुलाईमा लेफ्टिनेन्ट गभर्नर मनोज सिन्हाले भगवती नगर आधार शिविरबाट तीर्थयात्रीहरूको पहिलो टोलीलाई हरी झन्डी देखाएका थिए। यो यात्रा रक्षा बन्धनको पर्वसँगै 28 अगस्तमा समापन हुनेछ। अहिलेसम्म करिब चार लाख तीर्थयात्रीहरूले गुफा मन्दिरको भ्रमण गरिसकेका छन्, जसमध्ये करिब 1.20 लाख तीर्थयात्रीहरूले जम्मूको भगवती नगर आधार शिविरबाट आफ्नो यात्रा शुरु गरेका छन्। अधिकारीले भक्तहरूलाई प्रशासन र सुरक्षा निकायको निर्देशन पालना गर्न र निर्धारित व्यवस्थाअनुसार यात्रा गर्न सल्लाह दिए।
उल्लेखनीय छ, कडा सुरक्षा व्यवस्था गरिएको छ र केन्द्रिय रिजर्भ पुलिस फोर्स, जम्मू कश्मीर पुलिस र अन्य सुरक्षा एजेन्सीका हजारौं कर्मचारीहरू मार्गहरूमा तैनाथ गरिएको छ। जम्मू-कश्मीरका लगभग सबै तीर्थयात्रीहरू विभिन्न ठाउँमा बसेका छन् र यात्रा पुनः शुरु हुने उत्सुकतापूर्वक पर्खिरहेका छन्।
--------
हिन्दुस्थान समाचार / भवानी थामी