मणिपुरमा ह्याण्ड ग्रेनेड, डेटोनेटर र हतियारको ठूलो भण्डार भेटियो
Image of the Manipur Operations.


इम्फाल, 25 जुलाई (हि.स.)। सुरक्षा बलले 24 जुलाईमा मणिपुरको इम्फाल पश्चिम जिल्लाको पटसोई पुलिस थाना क्षेत्र अन्तर्गत सङ्गैथेल पार्क नजिकै गरिएको खोजी अभियानको क्रममा हतियार, गोला बारुद र सैन्य समानको ठूलो भण्डार हात लागेको छ।

जफत गरिएका वस्तुहरूमा आठ वटा पेस्तोल म्यागजिन, चार वटा राइफल, तीन वटा ह्यान्ड ग्रेनेड, तीन वटा डेटोनेटर, ठूलो सङ्ख्यामा जिउँदो कारतूस र खाली कारतूस, धेरै म्यागजिन र बुलेटप्रूफ ज्याकेट, म्यागजिन पाउच र वायरलेस सञ्चार सेट सहित अन्य सैन्य उपकरणहरू सामेल छन्।

क्षेत्रमा शान्ति र कानून व्यवस्था कायम राख्ने उद्देश्यले गरिएको सुरक्षा कारबाहीमा उक्त उद्धार गरिएको हो। घटनाको थप अनुसन्धान जारी छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande