असममा बाढ़ीका कारण 10 जिल्लाका 6,54,838 जनसङ्ख्या प्रभावित, थप चार जनाको शव फेला
असम बाढ़ का हवाई दृश्य


गुवाहाटी, 26 जुलाई (हि.स.)। असममा बाढ़ीको पानी अहिले बिस्तारै कम हुन थालेको छ। यसका बावजुद माथिल्लो असमको अवस्था अझै पनि धेरै गम्भीर छ। 25 जुलाईमा जारी गरिएको असम राज्य आपदा प्रबन्धन प्राधिकरणको तथ्याङ्कअनुसार राज्यमा थप चार जनाको मृत्यु भएको पुष्टि भएको छ। यसले राज्यमा अहिलेसम्मको कूल मृत्युको सङ्ख्या 66 पुगेको छ। असममा खतराको निशानभन्दा माथि बग्ने नदीहरूमा दिखौ (शिवसागर) र धनसिरी (नुमालीगढ़) समावेश छन्।

शनिवार राति बसेको असम क्याबिनेटले बाढ़ीको सामना गर्न राहत कार्य र क्षतिको मूल्याङ्कनलाई गति दिने निर्णय गरेको छ। मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाको निर्देशमा युद्धस्तरमा सबै उपायहरू अपनाइरहेका छन्। साथै राज्यका मन्त्री र विधायकहरूले प्रभावित क्षेत्रहरूको भ्रमण गरेर राहत कार्यको निरन्तर निगरानी गरिरहेका छन्।

अहिले कूल 10 वटा जिल्ला बाढ़ीबाट प्रभावित छन्। यी जिल्लाहरू गोलाघाट, चराईदेव, कामरूप, होजाई, डिब्रुगढ, शिवसागर, जोरहाट, सोणितपुर, कामरूप (मेट्रो) र नागांव हुन्। बाढ़ीबाट 10 जिल्लाका 28 वटा राजस्व सर्कलका 810 वटा गाउँ प्रभावित भएका छन्। राज्यको कूल 6,54,838 जनसङ्ख्या र 34,970.8 हेक्टर कृषि भूमि पानीमुनि छ। राज्य सरकारले बाढ़ी प्रभावितहरूका लागि 90 वटा राहत शिविर र 184 वटा राहत वितरण केन्द्र सहित कूल 274 वटा शिविरहरू स्थापना गरेको छ। 18,902 मानिसहरू राहत शिविरहरूमा शरण लिइरहेका छन्। जबकि 1,23,114 गैर-शिविरका बासिन्दाहरूले राहत वितरण केन्द्रहरूमा राहत प्राप्त गरिरहेका छन्।

25 जुलाईमा बाढ़ीको पानीमा फेला परेका शवहरूको सङ्ख्या चार दर्माता गरिएको छ, जसमा चराइदेवमा एउटा र शिवसागरमा तीन जनाको शव फेला परेको थियो। ठूलो 93,751 , सानो 57,897 र कुखुरा 3,02,423 सहित बाढ़ी प्रभावित जनावरहरूको कूल सङ्ख्या 4,54,071 रेकर्ड गरिएको छ। यसैबीच कूल 3,021 जनावरहरू बाढ़ीको पानीमा बग। यसमा चराइदेव जिल्लाको 3,016 र जोरहाट जिल्लाका पाँच जनावरहरू सामेल छन्।

एसडीआरएफ, डीडीआरएफ, एनडीआरएफ, पुलिस, फायर एण्ड इमर्जेन्सी सर्भिस (एफ एन्ड इएस), सर्कल अफिस/स्थानीय प्रशासन, नागरिक सुरक्षा/प्रशिक्षित स्वयंसेवक र फायर डिपार्टमेन्ट बाढ़ीमा राहत र उद्धार कार्यमा संलग्न छन्। यसैबीच राज्य सरकारले बाढ़ी प्रभावित क्षेत्रमा कूल 210 मेडिकल टोली तैनाथ गरेको छ। यस अवधि 55 वटा डुङ्गा पनि राहत कार्यमा संलग्न रहे। बाढ़ीको पानीमा फसेका 13 जनालाई डुङ्गाद्वारा उद्धार गरिएको छ। जबकि डुङ्गाबाट 22 वटा जनावरलाई पनि उद्धार गरिएको छ।

चामल (क्विन्टलमा): 1668.682, दाल (क्विन्टलमा): 286.985, नून (क्विन्टलमा): 83,7545, सरसोको तेल (लिटरमा): 7,995.01 साथै गाईवस्तुहरूको खाना-गहुँको बोक्रा (क्विन्टलमा): 13,254.831 र गाईवस्तुहरूको खाना-धानको बोक्रा (क्विन्टलमा): 5.84 बाढ़ी प्रभावितहरूलाई राज्य सरकारले राहत सामग्री वितरण गऱ्यो।

बाढ़ीले सड़क, पुल र अन्य पूर्वाधारमा व्यापक क्षति पुऱ्याएको छ। सरकारले यस विषयमा नियमित समीक्षा बैठक गर्दै आएको छ। बाढ़ी प्रभावित जोरहाट जिल्लामा केन्द्रिय राज्यमन्त्री पवित्रा मार्गरेटाले सांसद, विधायक र जिल्ला स्तरका अधिकारीहरूसँग स्थितिको समीक्षा गर्न समीक्षा बैठक गरेका छन्।

/ बिशाल


 rajesh pande