देशका युवा नानीहरूले लेखेका छन् नयाँ इतिहास: उद्धव ठाकरे
देशका युवा नानीहरूले लेखेका छन् नयाँ इतिहास: उद्धव ठाकरे


मुम्बई, 26 जुलाई, (हि.स.)। शिवसेना (उद्धव बालासाहेब ठाकरे)- का राष्ट्रिय अध्यक्ष उद्धव ठाकरेले आइतवार दादरस्थित शिवाजी पार्कमा भने, देशका युवा नानीहरूले एउटा नयाँ इतिहास लेखेका छन्। शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा लिएर केन्द्र सरकारविरूद्ध अभूतपूर्व जीत हासिल गरेका छन्। यो सङ्घर्ष निरन्तर चलिरहनेछ। यस अवसरमा महाराष्ट्र नवनिर्माण सेनाका अध्यक्ष राज ठाकरे, राकंपा एसपीका विधायक रोहित पवार आदि उपस्थित थिए।

शिवाजी पार्क मैदानमा तिरङ्गा जल्लोश सभालाई सम्बोधन गर्दै उद्धव ठाकरेले भने, विद्यार्थीहरूले यो जीत हासिल गरेर विश्वलाई देखाइदिएका छन् कि अब अन्याय सहन गरिनेछैन। उनले भने, हामी सबैलाई इतिहासको यस कुराको लागि बधाई दिन्छौं कि देशको युवा पिंढ़ी जाति, पन्थ एवं धर्मलाई छोड़ेर अन्यायको विरोधमा एकजुट भएका छन्।आज देशका युवा जागिसकेका छन् भने यो तस्वीर देशको भविष्यको लागि आशा जगाउने किसिमको छ।

मनसे अध्यक्ष राज ठाकरेले भने, देशका विद्यार्थीहरूलाई साङ्गोलो उपाधि दिइएको थियो। तर यी साङ्गलोहरूले देखाइदिए कि सरकारलाई कसरी जरैबाट उखाल्न सकिन्छ। राज ठाकरेले नीट पेपर लीक मामिलाबाट हताश भएर आफ्नो ज्यान दिने 21 जना विद्यार्थीहरूको नाम पढ़ेर सुनाए, त्यसपछि सबैलाई श्रद्धाञ्जली दिइयो। राज ठाकरेले भने, यस अन्यायको कारणले आफ्नो ज्यान दिने विद्यार्थीहरूको पीड़ा अनि बलिदानलाई हामी कहिल्यै भुल्नेछैनौं।

शिवसेना यूबीटीका अध्यक्ष उद्धव ठाकरे अनि मनसे अध्यक्ष राज ठाकरेको पक्षबाट दिल्लीको जन्तर-मन्तरमा भएको आन्दोलनको फलस्वरूप धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि आइतवार शिवाजी पार्क मैदानमा तिरङ्गा जल्लोश सभाको आयोजन गरेको थियो। यस कार्यक्रममा भारी सङ्ख्यामा छात्र, विधायक,पदाधिकारी, पार्टी कार्यकर्ता अनि अन्य मानिसहरू उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

 rajesh pande