
जम्मू, 28 जुलाई (हि.स.)। 3,029 तीर्थयात्रीहरूको नयाँ टोली मङ्गलबार बिहान जम्मूको भगवती नगर यात्री निवासबाट कडा सुरक्षा व्यवस्थाको बिचमा कश्मीरको बालटाल आधार शिविरका लागि प्रस्थान गरेको ।
अधिकारीहरूका अनुसार, 21औँ ब्याच बिहान 2ः45 बजी 57 वटा बस, 30 वटा मध्यम मोटर सवारी, 58 वटा हल्का मोटर सवारी र 6 वटा दुई चक्के सवारीसहित 151 वटा सवारीको लस्करमा प्रस्थान गर्यो। ब्याचमा 2,310 पुरुष तीर्थयात्री, 590 महिला, 14 बालबालिका, 45 साधु, 40 साध्वी र 30 विदेशी पुरुष सामेल छन्। आज पनि पहलगाम मार्गका लागि कुनै लस्कर तय गरिएन।
यात्रुहरूको टोली बहुस्तरीय सुरक्षाको बिचमा बालटाल आधार शिविरका लागि प्रस्थान गरेको अधिकारीहरूले बताए। नयाँ ब्याचको प्रस्थानसँगै यस वर्ष वार्षिक श्री अमरनाथ यात्राका लागि जम्मू आधार शिविर छोड्ने तीर्थयात्रीहरूको कुल सङ्ख्या 1,30,355 पुगेको अधिकारीहरूले बताए।
--------
हिन्दुस्थान समाचार / भवानी थामी