
नयाँ दिल्ली, 28 जुलाई (हि.स.)। लोकसभा अध्यक्ष ओम बिरला, केन्द्रिय सड़क यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरी र अन्यले मङ्गलवार विश्व प्रकृति संरक्षण दिवसको अवसरमा राष्ट्रलाई बधाई दिएका छन्।
ओम बिरलाले एक्समा भनेका छन्, विश्व प्रकृति संरक्षण दिवसमा, प्रकृतिको रक्षा गर्नु भनेको हाम्रो भविष्यको रक्षा गर्नु हो भन्ने कुरा सम्झनुपर्छ। प्रकृति संरक्षणको अर्थ वन्यजन्तुहरूको संरक्षण मात्र होइन, भावी पुस्ताका लागि वन, नदी, स्वच्छ हावा र प्राकृतिक स्रोतहरूको संरक्षण पनि हो। प्रत्येक सानो कदम महत्त्वपूर्ण हुन्छ। रुख रोप्नुहोस्, पानी बचाउनुहोस्, प्लास्टिकको प्रयोग कम गर्नुहोस् र वन्यजन्तुहरूलाई सम्मान गर्नुहोस्। हरियाली, स्वस्थ र दिगो भविष्य निर्माण गर्न सँगै मिलेर काम गरौँ।
नितिन गडकरीले भने, प्रकृति हाम्रो सम्पदा मात्र होइन, यो हाम्रो सामूहिक जिम्मेवारी पनि हो। यस अवसरमा विवेकपूर्ण निर्णय र सामूहिक प्रयासका माध्यमबाट हाम्रा वन, नदी, वन्यजन्तु र जैविक विविधताको रक्षा गर्ने संकल्प लिनुहोस्। हामी सबैले मिलेर आउँदो पुस्ताका लागि हरियाली, स्वस्थ र दिगो भविष्य सिर्जना गर्नसक्छौँ।
केन्द्रिय शिक्षा मन्त्री प्रल्हाद जोशीले भने, एउटा समृद्ध ग्रह जिम्मेवार निर्णयहरूबाट शुरु हुन्छ। आउनुहोस्, हामी हाम्रो प्राकृतिक सम्पदाको रक्षा गर्ने र पर्यावरणको रक्षा गर्दै विकासलाई उत्प्रेरित गर्ने स्वच्छ ऊर्जा समाधानहरूलाई प्रवर्द्धन गर्ने संकल्प लिऔं।
केन्द्रिय सामाजिक न्याय तथा सशक्तिकरण मन्त्री डा. बिरेन्द्र कुमारले भने, स्वच्छ पानी, हरियो वन, समृद्ध जैविक विविधता र सन्तुलित वातावरण विकसित, आत्मनिर्भर र समृद्ध भारतको आधारशिला हो। प्रकृति-संवेदनशील जीवनशैली अपनाएर र पर्वयारण संरक्षणलाई जनआन्दोलन बनाएर मात्र हामी आउँदो पुस्ताका लागि सुरक्षित र सशक्त भविष्य निर्माण गर्नसक्छौँ। विश्व प्रकृति संरक्षण दिवसमा, पर्वयारणीय संरक्षणलाई हाम्रो जीवनशैलीको हिस्सा बनाएर प्रकृतिप्रतिको हाम्रो जिम्मेवारी निभाऔं।
हिन्दुस्थान समाचार / भवानी थामी