
नयाँ दिल्ली, जुलाई 28 (हि.स.)। पञ्जाबमा भएको कथित पेपर लीक प्रकरणलाई लिएर मङ्गलवार संसद परिसर बाहिर भाजपाका सांसदहरूले विरोध प्रदर्शन गरेका छन्। सांसदहरूले पञ्जाब सरकारको विरोधमा नारा लगाए र शिक्षा मन्त्री हरजोत सिंह बेन्सको राजीनामा माग गरे।
भाजपाॉका सांसदहरूले पञ्जाबमा परीक्षा र भर्ती प्रक्रियामा पेपर लीक र अनियमितताहरूले लाखौं विद्यार्थीहरूको भविष्यलाई असर गरेको आरोप लगाएका छन्। उनीहरू भन्छन्, यस मामिलाको नैतिक जिम्मेवारी लिएर शिक्षा मन्त्रीले आफ्नो पदबाट राजीनामा दिनुपर्छ।
विरोध प्रदर्शनका क्रममा भाजपाका सांसदहरूले प्लेकार्ड बोकेका थिए र पञ्जाब सरकार विरुद्ध नारा लगाए र शिक्षा प्रणालीमा पारदर्शिताको माग गरे।
हिन्दुस्थान समाचार / भवानी थामी