
गुवाहाटी, 29 जुलाई (हि.स.)। माथिल्लो असमका चार जिल्लाहरू बाढ़ीबाट सबैभन्दा बढ़ी प्रभावित भएका छन्। अधिकांश मृत्यु यी जिल्लाहरूमा भएको छ। राज्य सरकारले प्रभावितहरूलाई हर सम्भव सहायता प्रदान गर्न निरन्तर कदम चालेको छ।
मुख्यमन्त्रीले मृतकका आफन्तलाई 9 लाख रुपियाँ आर्थिक सहयोग गर्ने र प्रभावितलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्। यसैबीच शिवसागर जिल्लाको नाजिरा क्षेत्रका 7 जना व्यक्ति अझै बेपत्ता छन्। मुख्यमन्त्रीले बेपत्ता व्यक्तिहरूको पत्ता नलागेमा सरकारले चाँड़ै उनीहरूलाई मृत मानेर आफन्तलाई आर्थिक सहयोग गर्ने बताएका छन्।
बाढ़ीको पानी निरन्तर घट्दै गएको छ, जसले घर र विद्यालयहरूमा घुँड़ासम्म माटो भरिएकोले मानिसहरूका लागि नयाँ समस्या सिर्जना गरेको छ। मानिसहरू आफ्नो घर फर्कने प्रयास गरिरहेका छन् तर अवस्था गम्भीर भएकाले मानिसहरू सुरक्षित स्थानमा शरण लिन बाध्य छन्। 28 जुलाईमा जारी गरिएको असम राज्य विपद् व्यवस्थापन प्राधिकरण (एएसडिएमए) को आकंड़ा अनुसार, शिवसागर जिल्लामा थप सात वटा शव फेला परेको छ। राज्यमा अहिलेसम्मको कूल मृत्युको सङ्ख्या 75 पुगेको छ। धनसिरी (नुमालीगढ़) नदी अझै पनि खतराको निशानभन्दा माथि बगिरहेको छ। राहत र उद्धारका लागि सरकारले युद्धस्तरमा सबै उपाय गरिरहेको छ।
हाल बाढ़ी प्रभावित जिल्लाहरू शिवसागर, गोलाघाट, चराईदेव, जोरहाट, नागौन, सोनलपुर र कामरूप (मेट्रो) हुन्। यी जिल्लाका 21 वटा राजस्व सर्कलका कूल 622 वटा गाउँ बाढ़ीबाट प्रभावित भएका छन्। राज्यको कूल जनसङ्ख्या 332639 छ र 45341.98 हेक्टर कृषि भूमि पानीमुनि छ। बाढ़ी प्रभावितका लागि 81 वटा राहत शिविर र 34 वटा राहत वितरण केन्द्र सहित कूल 115 वटा शिविर सञ्चालनमा छन्। 32477 जनालाई राहत शिविरमा आश्रय दिइएको छ भने 16,314 जना गैर-शिविरका बासिन्दाहरूले राहत वितरण केन्द्रमा राहत प्राप्त गरिरहेका छन्।
28 जुलाईसम्म शिवसागर जिल्लामा बाढ़ीको पानीमा पूर्ण रूपमा क्षतिग्रस्त कच्चा घरहरूको कूल सङ्ख्या 186 रहेको बताइएको छ। शिवसागर जिल्लामा मात्रै 2 वटा पक्का घर क्षतिग्रस्त भएको छ। जबकि शिवसागर जिल्लामा आंशिक रूपमा क्षतिग्रस्त कच्चा घरहरूको कूल सङ्ख्या 560 छ। शिवसागर जिल्लामा आंशिक रूपमा पक्का क्षतिग्रस्त घरहरूको कूल सङ्ख्या 580 छ। क्षतिग्रस्त अन्य घरहरूमध्ये शिवसागर जिल्लामा 320 वटा झुपड़ीहरू छन् भने अन्य गाईवस्तुहरूको गोठहरूको कूल संख्या 789 छन्।
एसडिआरएफ, सेना/अर्धसैनिक, एनडीआरएफ, डिडिआरएफ, वायु सेना, पुलिस, फायर एण्ड इमर्जेन्सी सर्भिस (एफ एन्ड इएस), सर्कल अफिस/स्थानीय प्रशासन, नागरिक सुरक्षा/प्रशिक्षित स्वयंसेवक र फायर डिपार्टमेन्ट बाढ़ी राहत र उद्धार कार्यमा संलग्न छन्। यसैबीच राज्य सरकारले बाढ़ी प्रभावित क्षेत्रमा कूल 125 मेडिकल टोली तैनाथ गरेको छ। यस अवधिमा 21 वटा डुङ्गा पनि राहत कार्यमा संलग्न थिए। कूल 2 जनालाई उद्धार गरी डुङ्गा मार्फत सुरक्षित स्थानमा सारिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी